काठमाडौ महानगरभित्र १० करोडको हाई मास्ट लाईट जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पालिका भित्र तीव्र गतिमा भइरहेको हाई मास्ट लाइट जडान कार्यबारे जानकारी दिँदै भने,
“बिगत ३ वर्षदेखि रोकिएको उज्यालो महानगर योजना अन्तर्गत करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडान भइरहेको छ। हालसम्म १२ वटा लाइट प्रज्वलित भइसकेका छन् र दशैंअघि बाँकी सबै लाइट पनि बल्नेछन्। अघिल्लो कार्यकालमा राखिएका तर नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकल प्रणालीमा बिस्थापित गरिएकाले अहिले ती पनि बलिरहेका छन्। करिब ८५ करोडको लागतमा स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम तयारी भइरहेको छ, जसपछि यो वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित