खाँदबारी किमाथांका सडक ब्रेक थ्रुसंगै १७ किलोमीटर स्तरबृद्धी हुने

संखुवासभा । संखुवासभा जिल्लाको चीन सिमा शिङ्सा क्षेत्र भोटखोला खाँदवारी किमाथांका ट्र्याक ब्रेक थ्रुसंगै धोङ्गोक्पादेखि किमाथांका बगरसम्मको १७ किलोमिटर बाटोको स्तरबृद्धि गरिने भएको छ ।

माघ १४ गते ट्र्याक ब्रेक थ्रु भएसंगै १७ किलोमिटर दुरि स्तरबृद्धी गर्न कोशी कोरिडोरको इन्जिनियरहरु त्यस तर्फ प्रस्थान भएको कुरा भोटखोला गाउँ पालिकाका अध्यक्ष वाङछेदार लमाले जनाएको छ ।

किमाथांकाबाट दक्षिणतर्फ यस अघि चीनतर्फबाट डोजर ल्याएर ट्र्याक खोलिसकेका थिए । दक्षिणतर्फ च्याम्ताङ (दम्दाङ) छुमसुरमा रहेको शंखभिरको चट्टान फुटाएर ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा लगाएका थिए । शंखभिरको चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक पर्ने भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

ब्रेक थ्रुको अवसरमा भौतिक पुर्बधार मन्त्री देबेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्का लगाएत पुगेका थिए । ब्रेक थ्रु पछि खाँदबारी किमाथांका १६२ किलोमीटर ट्र्याक खुकेको छ । यो सडक बनेपछि चिन नेपाल भारतको लागि त्रीदेशिय राजमार्ग ब्यापारीक मार्गको रुपमा अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित