कानेपोखरी एकता समाजको संयोजनमा २० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग

दिपेश रोक्का, काठमाडौं।  कानेपोखरी एकता समाजको संयोजनमा मोरङस्थित रमाइलो बहुमुखी क्याम्पसलाई २० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग हस्तान्तरण गरिएको छ। समाजका संरक्षक तथा समाजसेवी देबेन्द्र लुइँटेलको विशेष उपस्थिति र अध्यक्ष मनोज कार्कीको नेतृत्वमा आयोजित कार्यक्रममा सो सहयोग क्याम्पस प्रशासनलाई प्रदान गरिएको हो।

देउसी–भैलो कार्यक्रमबाट संकलित रकमद्वारा गरिएको सहयोग दुई चरणमा क्याम्पसलाई हस्तान्तरण गरिएको हो। पुस्तक सहयोगले क्याम्पसको पुस्तकालय विस्तार र शैक्षिक गतिविधिमा टेवा पुग्ने विश्वास आयोजकको छ।

त्यसैगरी, समाजसेवी लुइँटेलकै पहलमा ११ जना दाताको सहयोगमा क्याम्पसमा ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। सो कोषबाट विभिन्न शैक्षिक कार्यक्रम, पुरस्कार वितरण तथा रचनात्मक गतिविधि सञ्चालन गरिने बताइएको छ।

कार्यक्रममा बोल्दै लुइँटेलले शिक्षा क्षेत्रमा गरिएको लगानी दीगो विकासको आधार हुने उल्लेख गर्दै आगामी दिनमा पनि क्याम्पससँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। समाजका अध्यक्ष कार्कीले यस्ता सहकार्यलाई निरन्तरता दिने बताए।

हस्तान्तरण समारोहमा क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समाजका अग्रजहरूको उल्लेखनीय उपस्थिति थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित