धरान । मिस एस ई ई सुनसरीको दोश्रो सिजनको पहिलो अडिसन आगामी २०८१ सालको बैशाख १५ गते शनिबार धरानमा हुने भएको छ ।
ड्रीम्स एम प्रोडक्सनको आयोजनामा मिस एस ई ई सुनसरीको दोश्रो सिजन बारे जानकारी दिदै परिक्षा दिएर बसेका प्रदेश १ भरिका विद्यार्थीले सहभागी हुनसक्ने कुरा ड्रीम्स एमका निर्देशक मेरिना तुम्सा लिम्बुले जानकारी दिए ।
छनोटपछि प्रशिक्षणका क्रममा प्रतियोगितासँग सम्बन्धित विभिन्न विषयका साथै व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, आत्मविश्वास, अनुशासन, आफूमा लुकेका प्रतिभा प्रस्फुटनलगायत विभिन्न विषयका जानकारीमूलक कक्षा सञ्चालन गरिने पनि निर्देशक तुम्साले जानकारी दिए । सहभागीलाई विभिन्न सेलिब्रेटी, विशेषज्ञ, यस अघिका प्रतियोगी, विजेतासँग अनुभव आदानप्रदान, भ्रमणलगायत विभिन्न बौद्धिक गतिविधिमा सहभागी गराइने बताए ।
मिस एस ई ई बिजेताले नगद पचास हजार रुपैयाँ हात पार्नेछ । फस्ट र सेकेन्ड रनरअपले क्रमशः तिस हजार रुपैयाँ र बिस हजार रुपैयाँ नगद पुरस्कारसहित ताज, १२ कक्षा ल निशुल्क अध्ययन र विभिन्न उत्पादन तथा कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने मौका पाउनेछन् । प्रतियोगितामा सहभागी सबैलाई लेटर अफ एप्रिसएसन, टोकन अफ लभ, प्रतियोगिताको भिडियो सेट, फोटो सुट, फाइनलका लागि पोसाक, मेकअप, हेयर ड्रेसिङजस्ता विभिन्न सेवा उपलब्ध समेत गराईने कुरा निर्देशक मेरिना तुम्साले जानकारी दिए ।
मिस एस ई ई को लागि विभिन्न प्रतियोगितामा सहभागी भई शीर्ष उपाधि जितेका युवतीले अडिसन बिनै सहभागी हुन पनि पाउने प्रावधान रहेको बताए । प्रतियोगीले आवेदन फाराम भरि अडिसन पास गरेर मिस एस ई ई सुनसरीमा सहभागी हुन सक्ने छन । प्रतियोगितामा कोरियोग्राफर मिस नेपाल आईडल विजेता मेरिना तुम्सा र मिस स्टेट विजेता स्वेता भुजेलले गर्नेछ्न ।कार्यक्रम डिरेक्टर कैलाश मोक्तान अफिसियल फोटोग्राफर सुजन सुबेदि , अफिसियल मेकअप मिसाम राईको र सम्पुर्ण ड्रेस बालाजिले तयार गर्नेछ । मिस एस ई ईको आगामी अडिसन बैसाख १५ गते शनिबार हाम्रो डान्स एकेडेमि धरान ९ मा हुनेछ ।
Discussion about this post