दिपेश रोक्का / मोरङ
कानेपोखरी , वैशाख १७ । वैशाख २१ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ´ मनसरा`को गित ´ झ्यालको` गित सार्वजनिक गरिएको छ ।
सोमबार सार्वजनिक गितमा सनुप पौडेल र झुमा लिम्बुको स्वर रहेको छ भने झुमाकै संगित रहेको गितका शब्द हर्क साउदले लेखेका हुन । भिडिओमा फिल्मका शीर्ष कलाकारहरू दयाहाङ राई, मिरूना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायत प्रस्तुत छन्। गीतले पात्रहरूको मनोदशा प्रस्तुत गर्छ।
फिल्म ‘मनसरा’ लाई उपेन्द्र सुब्बाले लेखन एवं निर्देशन गरेका हुन्। उनले समाजको मिश्रित कथा फिल्मले प्रस्तुत गर्ने बताएका छन्।
गतवर्षको हिट फिल्म ‘जारी’ पछि उपेन्द्रको यो दोस्रो फिल्म हो।
Discussion about this post