काठमाडौ । जनता समाजवादी पार्टीका नेता एबम आदिवासी अभियन्ता आङकाजी शेर्पाले इलामबाट विजेता सुहाङ नेम्बाङलाई बधाई संगै सात बुँदे सुझाब पनि दिएको छ ।
आङकाजी शेर्पा आज बिजेता भएका सुहाङलाई सामाजिक संजाल फेसबुकबाट बधाई दिएका छ्न । शेर्पाले सुहाङलाई सुझाब भन्दै सात बुँदा पनि थमाएका छन । उनले भनेका छन, – `माननीय सुहाङ लिम्बुलाई विजयको शुभकामना
सहित ७ सुझाव भन्दै उल्लेख गरेको छ:
(१) पहिचानवादी शहिद लाजेहाङको समाधी स्थलमा माल्यार्पण गर्नु ! हस्पिटलमा उपचार गर्दै गरेकी लाजेहाङलाई पनि भेटनु उपचार खर्चका लागि पहल गर्नु !
(२) बुबाले जारी गरेको अधुरो र अपुरो संविधान भित्रका त्रुटीहरू सच्याएर पूर्णता दिनु !
(३) पहिचान आफ्ना पूर्ख्यौली सभ्यता, भाषा र धर्म विरूद्ध कहिले कहि कतै नबोल्नु !
(४) सदन चलेको समय वाहेक अरू समय ईलाममा बसेर जनताको सेवा गर्नु !
(५) मन्त्री भन्दा पनि एमालेको अघ्यक्ष हुने लक्ष लिनु !
(६) तिमीलाई भोट नदिने जनताको विश्वास जित्न थप सेवा गर्नु तर यातना नदिनु ! तिमी भोट दिएका जनतालाई धन्यवाद दिनु !
(७) तिमीलाई जिताउन मूल सहयोगी सम्माननीय प्रधानमन्त्री, तिमीलाई पहिले टिकट दिने रवि दाईलाई विशेष धन्यवाद दिनु ।
अन्तमा :
ईलाममा पहिचानवादीहरूले
कालो झण्डा लिएर तिमीलाई खेदने होईन ।
खादा लिएर तिमीलाई भेटन आउने जनप्रतिनिधी बन्नु ।
त्यसको लागि
पार्टी हलि र हनुमान होईन
पहिचानवादी यलम्बर र लाजेहाङ बन्नु है लुङ
आङ काजी ॲंकल
Discussion about this post