इलाममा मतपेटिका जम्मा हुँदै,मतगणना आईतवारदेखि

इलाम । प्रदेश १ को नाम कोशी राखिएदेखि पहिचानको मुद्दा चर्चामा रहेको लेखाजोखा गरिने इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनको मतगणना आइतबारदेखि हुने अनुमान गरिएको छ ।

शनिबार मतदान शान्तिपूर्ण सम्पन्न भएपछि यतिबेला मतपेटिकालाई निर्वाचन कार्यालय इलाम सदरमुकाम ल्याउने क्रम जारी छ । इलाम जिल्ला सदरमुकाममा रहेका संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले निर्वाचन कार्यालयमा मतपेटिका जम्मा हुने क्रम जारी रहेको जनाएको छ । १४९ स्थानको मतपेटिका बिहान ४ बजेसम्म जम्मा भैसक्ने अनुमान गरिएको छ ।

मतपेटिका सबै जम्मा भैसकेको अवस्थामा सर्वदलीय बैठक बसेपछि मात्र मतगणना शुरु हुनेछ । मतगणना स्थलमा स्वच्छ निष्पक्ष गणना होस भन्ने उदेश्यले अहिले सिसि क्यामेरा जडान गरि गणना स्थल तयारी भएको कुरा दलमर्दन कामिले जनाएको छ । यस आधारमा हेर्दा छिटोमा आइतबार १० बजेदेखि मात्र मतगणना शुरु हुनसक्ने अनुमान गरिएको छ ।

आज सम्पन्न भएको इलाम क्षेत्र नं. २ काे कूल मतदाता-१,१५,८८९ जना रहेका छन । आज कुल झरेको मत ६९,२८७ छन । त्यसमा पूरुष-३५,१३५ मत महिला-३४,१५० र अन्य -२ मत रहेका छन ।कुल मतदान प्रतिशत ५९.७९ रहेको छ ।

तस्वीर : दलमर्दन कामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)