चलचित्र पुजार सार्कीको दोस्रो गित ´ रिमै ` बोलको दोस्रो गित सार्वजनिक

दिपेश रोक्का / मोरङ
कानेपोखरी , १८ वैशाख । जेष्ठ १० बाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र पुजार सार्कीको ´ रिमै ` बोलको दोस्रो गित सार्वजनिक गरिएको छ ।
दिनेश राउत द्वारा निर्देशित चलचित्र पुजार सार्कीको मंगलबार सार्वजनिक ´ रिमै ` बोलको सार्वजनिक गितमा देबेन्द्र बराल र मुना ठटालको स्वएर रहेको छ । सुवास भुसालको शब्द रहेको गितमा शब्द दिनेश राउतले लेखेका हुन् ।
सार्वजनिक गितको भिडियोमा दृश्यहुरुले फिल्मको थिम गरेको छ । पुजारको भुमिका निर्वाह गरेका नायक आर्यन सिग्देल र नायिका अञ्जना बराइली तथा मैतबहादुरको चरीत्रमा रहेका नायक प्रदिप खड्का र नायिका परिक्षा लिम्बुको अन्तरजातीय प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ । नायक पल शाह पनि भिडियोमा देखिएका छन ।
चलचित्रको लेखन विकास सुवेदीले गरेका हुन भने सुवास भुसालको निर्माणमा रहेको चलचित्रमा मोहन निरौला , लोकेन्द्र लेखक , सुवास गजुरेल , विधा कार्की , शंकर आचार्य , प्रेम सुब्बा , गोविन्द रमण पराजुली , राजेश भुसाल लगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित