याक्थुङ युवा मञ्च सुनसरीद्वारा दुई दिने खुला फुटसल प्रतियोगिता हुने

धरान , भदौ २० । याक्थुङ युवा मञ्च सुनसरीको आयोजनामा दुई दिने खुला फुटसल प्रतियोगिता हुने भएको छ। धरानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मञ्चले आगामी भदौ २६ र २७ गते धरान सिटी फुटसल (पूर्व बुढासुब्बा फुटसल) मा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।

मञ्चका अध्यक्ष विष्णु तिगेलाका अनुसार प्रतियोगितामा आयोजक पक्षका दुई टिमसहित धरान, इटहरी, खोर्साने, धनकुटालगायतका विभिन्न स्थानका कुल ३० टिम सहभागी हुनेछन्।

विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतियोगिता सम्पन्न भएपछि बाल वा वृद्ध आश्रममा सहयोग गर्ने योजना रहेको जानकारी अध्यक्ष तिगेलाले दिएका छन्।

याक्थुङ युवा मञ्चले यस किसिमका खेलकुद गतिविधि युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्न तथा स्वास्थ्यप्रति सचेतना बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित