संखुवासभा (शिङ्सालिङ) । डुल लो ज्यालो लोसर तथा नयाँ वर्षको अवसरमा खेलाएको आर्चरी तीर खेल प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार भोटखोला आर्चरी संघले जितेको छ ।
च्याम्ताङ युथ क्लबद्वारा आयोजना गरिएको आर्चरी खेल सम्पन्न प्रतियोगितामा भोटखोला आर्चरी संघको दुई टिमले प्रथम दोस्रो स्थान हात पार्दै नगद ५० हजार र ३० हजार प्राप्त गरेको हो । प्रतियोगिताको तेस्रो स्थान आगन्तुक टिमले २० हजार नगद प्राप्त गरेका थिए ।
प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । खेलको समापन कार्यक्रममा भोटखोला गाउँपालिका उपाध्यक्ष सहाना लामाको प्रमुख आतिथ्यमा भएको हो । प्रमुख अतिथिबाट बिजेता टिमलाई पुरस्कार प्रमाणपत्र तथा तक्मा वितरण गरिएका थिए । खेल बैशाख ११,१२ र १३ गते भोटखोला २ च्याम्ताङमा सम्पन्न भएको हो ।
Discussion about this post