गौर हत्याकाण्ड पछि त्यहाँको सबै शब टिचिङ अस्पतालमा ल्याईएको थियो, मैले पहिलो र अन्तिम पटक लास घरमा छिरेको त्यही बेला हो।
उनीहरूलाई यति बिभत्स तरिकाले मारिएको थिएँ कि म उनीहरूको लास हेरेर आफै बन्दुुक हानेर बदला लिनु पर्छ भनेर मनमा आएको थियो। साँच्चै बीभत्स थियो, त्यसपछि म लास घरमा कहिल्यै गईन्। म लगभग ७ घन्टा बसेको थिएँ। ती बीभत्स लास कहिल्यै देखेको थिईन। यतिसम्म कि नि उनीहरू आफ्नै सन्तानको लास चिन्न सकिरहेका थिएनन, कहिले यो हो भन्थे, कहिले अर्कोलाई आफ्नो भन्थे। साँच्चै, लासघरमा दर्दनाक अबस्था थियो।
त्यस्तो बीभत्स मृत्यु मैले कहिल्यै देखेको छैन्, सायद अरू नहेरेर पनि होला । सबै लासहरू मिलाएर भुईमा राखिएको थियो। परिवारजनलाई आफ्नो सन्तान चिन्न लगाईएको थियो, उनीहरू आफ्नो सन्तान चिन्न सकिरहेका थिएनन्। कोही कपडा, कोही घडी, जुत्ता हेरेर पहिचान गरिरहेका थिए।
सबै पहिचान भए पछि माओवादीले खुल्लामञ्चमा लगेर प्रदर्शन गरेर अन्तिम बिदाई गरयो।

आफ्नै जिल्लाको घटना भएकाले यसबारेमा यथार्थ खोज्नु पर्छ भन्ने मनमा लागिरहेको थियो, त्यो घटना भएको केही बर्ष पछि एउटा फोन आयो।
`प्रकाश दाई, गौर हत्याकाण्डको बारेमा हाम्रो पार्टीले छानबिन समिति बनाएको थियो, त्यो गोप्य डकुमेन्ट मेरो एक्सिसमा छ, छाप्नु हुन्छ भने म तपाईलाई दिन्छु।`
`के छ त्यो डकुमेन्टमा ?´
`माओवादीले गल्ति गर्दा गौर हत्याकाण्ड भएको भनेर लेखेको छ, मतलव स्विकार गरेको छ, सरस्वति मेरो बहिनी (मेरै वडाकी बहिनी, जो उसको बाबा ममी चपुरमा फलफूल ब्यापारी थिए) झै थिई, सो घटनामा परेर मरी, मलाई बहिनीको शब हेरे सि निकै पीडा भयो, यो डकुमेन्ट जसरी पनि फ्लास गरिदिनु ।´
`यो डकुमेन्ट कहाँ छ ?´
`प्रचण्डको दराजमा छ तर म निकालेर दिन सक्छु´
`ओके मलाई देऊ न त !´
`हुन्छ, दाइ पाउनु हुन्छ, भोलि नयाँ बजार आउनु, म फोटोकपी ल्याईदिन्छु ।´
भोलीपल्ट नयाँ बजार गएँ, उसलाई ईशारा गरे, उ प्रचण्ड निवासवाट निस्कियो।
उ खास जनमुक्ति सेनावाट प्रचण्डको सेक्युरिटी टिममा बसेको थियो, त्यो बेला प्रचण्डको सेक्युरिटी जनमुक्ति सेना र नेपाल प्रहरी र सशष्त्र प्रहरीले संयुक्त रूपमा हेर्थे।
नयाँ बजारबाट निस्केर १६ खुट्टेमा आए पछि मैले डकुमेन्ट लिएँ, सोधे, `भाई, यति धेरै रिस्क लिएर किन यो गोप्य डकुमेन्ट दियौं ?`
`दाजु, हामीलाई सरकारले दिने तलब पनि अहिलेसम्म माओवादीले दिएन, समीर दाहालले शान्ति मन्त्रालयवाट हाम्रो नाममा एकमुष्ठ पैसा बुझिरहेको छ तर हामीलाई दिन्न एक्लै खान्छ। भात खान र बस्न समस्या छैन् तर राज्यले दिएको पैसा हामीलाई दिन्न, यीनीहरू अपराधी रहेछन् ।´
`ओके, उसो भए यो डकुमेन्टमा के के लेख्या छ ? `
`हजुर पढिस्यो, तर मैले सुने अनुसार यो गोप्य डकुमेन्ट पढने मान्छे अहिलेसम्म जम्मा ४ जना छन्, प्रचण्ड, किरण, बाबुराम र चन्द्रप्रकाश खनाल (छानबिन समितिका संयोजक) बाहेक अरूलाई यसमा के लेखिएको छ, थाहा पनि छैन्, हजुर अध्ययन गर्नुहोस् ।´
घर आएँ, त्यतिबेला म प्रसिद्ध गायक नबिने के भट्टराईको घरमा बस्थे। पढे पछि त्यहाँ निष्कर्ष लेखिएको थियो,`गौर हत्याकाण्ड हुनुमा दोष माओवादीको हो, त्यो पनि मातृका यादवको बलजफ्तिका कारण यो घटना हो, छानविन समितिको सिफारिस थियो, `यो घटनाको सम्पुर्ण दोषी मातृका भएकाले उनलाई कारबाही गर्नुपर्छ ।´
मैले त्यो डकुमेन्ट अढाई महिनासम्म गोप्य राखे र जबसम्म त्यो भाई नयाँबजारबाट सरूवा भएर शक्तिखोर गएन्।
उ शक्तिखोर सरूवा भए पछि किरण समुहका एक नेताले मलाई त्यही डकुमेन्ट दिए, मैले भने `यो डकुमेन्ट अलरेडी अढाई महिना देखि मसँग छ, मैले फ्लास नगरिदिएको हुँ ।´
अब कथामा टविस्ट आयो।
उ शक्तिखोर सरूवा भएको १५-१६ दिन पछि राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र चिफ रिपोर्टर डिल्ली आचार्यलाई सेयर गरे, `मसँग खतरा न्युज छ,जुन मैले पाएर पनि अढाई महिना देखि लुकाईरा`खेको थिए, मेरो स्रोत सेफ जोनमा पुगेको छ , मतलब मैले डिभिजन सहायक कमाण्डरलाई भनिदिएर सरूवा गरिदिएको छु, अब ढुक्कले लेख्छु है , डकुमेन्ट यही हो ।`
उनीहरूले भने `कति महिनासम्म लुकाएको, अब लेखी हाल त`
मैले सो छानबिन प्रतिबेदनको पेज उल्लेख गर्दै न्युज लेखे, न्युज पनि फाईल गरिदिए।
जब मैले फाईल गरे, त्यही न्युज एकछिन पछि एउटा रेडियोमा बज्यो भनेर एकजना साथीले सुनायो, म त छक्क परे, त्यो न्युज त मसँग बाहेक कसैसँग थिएन, कसरी रेडियोमा बज्न सक्छ। दैनिक पत्रिकामा एउटा नेटवर्किङको सिस्टम हुन्छ।
एकजना साथीले के गरेछ भने मैले न्युज फाईल गर्ने बितिक्कै न्युज अर्कै ठाउँमा ईमेल गरेर पठाई दिएछ। तर, दुर्भाग्य उसले आफ्नो ईमेल लगआउट गर्न बिर्सेछ। डिल्लीले झ्याप्पै प्रमाणसहित समाति दियो।
सम्पादक राजन शर्माले तुरून्तै उनलाई बिदा गरिदिदै भनिदिए, `तिम्रो जागिर गयो, अब भोलि देखि नआउनु, राजिनामा गरेेर बिदा हुनु, म तिम्रो मुख पनि हेर्न चाहान्न, बलजफ्ति गरयौैं भने तिम्रो बदमासी मिटिङमा राख्छु।`
उसले केही शब्द नबोली निमेषभरमा राजिनामा दिएर निस्कियो, हुन त उ पछि कांग्रेसका एकजना गृहमन्त्रीको प्रेस पनि हेर्ने हैसियतमा पुग्यो। कसैको एक गल्तिलाई टोकस गरिरहनु हुन्न, आज एक स्थापित मिडियामा काम गरिरहेको छ। रिपोर्टिङ ठिकै छ, पढछु, प्रसन्न पनि छु।
*** **** ****
मेन न्युज भनिएको समाचार, एंकर न्युज भयो, उसको कारणले। राजधानी दैनिकमा एंकर न्युज छापियो।
त्यतिखेर सायद उपेन्द्र यादव युरोप भ्रमणमा थिए, उनी एअरपोर्टवाट झर्ने बितिक्कै मलाई फोन गरे, `प्रकाशजी, जहिल्यै गौर हत्याकाण्ड मैले गराएँ भनेर आरोप लागिराथ्यो, तपाईले समाचार लेखिदिएर मलाई न्याय गरिदिनु भयो, म आभारी छु, फुर्सद भए सिंहदरबारमा भेटम न ।`
म उनलाई भेटन सिंहदरबार गएँ, उनले त्यो दिन भने, `मलाई त्यो डकुमेन्ट दिनु न ।´
मैले भने, `यो समाचार प्रयोजनका लागि आएको हो, म डकुमेन्ट दिन सक्दिन, यदी माओवादीले मेरो समाचार खण्डन गरे, झुटो भने सबै सार्बजनिक गरिदिन्छु तर म डकुमेन्ट तपाईलाई दिन्न, यो डकुमेन्ट मेरो लागि आएको हो, तपाईका लागि आएको होईन्।`
उनी मेरो तर्क सुनेर कन्भिन्स भएँ, `डकुमेन्ट नदिएर तपाईले ठिक गर्नु भयो´ भनेर अौपचारिकता निभाउनु भयो । उपेन्द्र दाईले जबर्जस्ती गर्नु पनि भएन्।
बरू उल्टै उनले थप जानकारी दिएँ, उपेन्द्रलाई मार्नका लागि त्यो बेला माओवादीले ३-३ पटक प्रयास गरेको पृष्ठभुमी। एउटा गौरमा, दोस्रो जुन दिन मातृका यादव भारतमा पक्राउ परेका थिएँ। तेस्रो मैले बिर्से ।
भएको के रहेछ भने मातृका यादव र सुरेश आलेमगर भारतमा पक्राउ पर्नु भन्दा त्यसको आधाघन्टा अघि उपेन्द्र र उनीहरू प्रचण्डसँग भेटेका रहेछन्, त्यसको आधा घन्टा पछि मातृका र सुरेश आलेमगर पक्राउ परेछन, यो दोष त सबै प्रचण्डले उपेन्द्रलाई लगाएका रहेछन। उनलाई मार्नलाई टास्क फोर्स नि पठाएका रहेछन्। बादलका कारण उनी बाँचेका रहेछन् ।
अहिले उपेन्द्र माथी छानबिन गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
हामी पत्रकारिता गर्छौं, तर कसैलाई पनि अन्याय गरिदिनु हुन्न, यसमा चाँही म आजसम्म सचेत छु। भोलि बिहानको जिम्मा म लिन्न।
माओवादीको आन्तरिक छानबिन समितिको प्रतिबेदन पनि अदालतले नजिरमा लियोस्।
र, बिरगञ्जका काशीराम तिवारी मार्न गिरिराजमणीको प्रस्ताव पछि निर्णय भएको हो, कसैले कल्पना गर्न सक्छ, गिरिराजमणीको प्रस्तावमा कोही मारिन्छ ? धेरैलाई पत्यार नलाग्ला, यो यथार्थ हो।
पेरिसडाँडाको सल्लाको बोट मुनि प्रचण्डले पैसा दिएको हो नि मेरो साथीलाई काशीराम सिध्याऊ भनेर। कति पैसा कसलाई दिए, लेखुला।
सबै रेकर्ड छ, बाँकी पुस्तकमा लेखुला ।
(साभार : प्रकाश तिमल्सिनाको फेसबुकबाट)
Discussion about this post