अजङ्गको बरमुनि फुटबल महोत्सव : लाप्चेटार गोल्डकप–२०८२

लजेश राई
धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी–५, लाप्चेटारमा यस वर्ष पनि आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानमा रहेको एसियाको दोस्रो ठूलो बरको रुख, जसलाई स्थानीयले “अजङ्गको बर” भनेर चिन्छन्, त्यही बरको छायाँमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता आगामी कार्तिक १२ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको नाम “लाप्चेटार गोल्डकप–२०८२” राखिएको छ ।

पुरस्कार तथा अवार्ड

प्रतियोगितामा प्रथम हुने टोलीले रु. ७० हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुनेले रु. ४० हजार ४४४ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, म्यान अफ द म्याच, हाइ स्कोरर, बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फर्वाड, बेस्ट कोच, द राइजिङ प्लेयर र म्यान अफ द टुर्नामेन्ट जस्ता विशेष अवार्डहरू पनि वितरण गरिनेछ ।

आयोजक संस्था

प्रतियोगिता माप्चेदार यता क्लब र लाप्चेटार युवा क्लबको संयुक्त आयोजनामा हुन लागेको हो ।

आयोजकले “जहाँ बर छ विशाल, त्यहाँ फुटबलको धमाल” भन्ने आकर्षक नारासहित प्रचार अभियान अघि बढाएका छन् । बरको विशाल छायाँमुनि हुने यो प्रतियोगिता स्थानीय खेलाडी र खेलप्रेमीका लागि ऐतिहासिक र रमाइलो अवसर हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित