काठमाडौँ । ईपीएस स्कुलले पहिलो पटक आयोजना गरेको ‘स्कुल आइडल २०८२’ भव्य समारोहका साथ सम्पन्न भएको छ।
विद्यार्थीहरूको प्रतिभा झल्काउने उद्देश्यसहित आयोजित कार्यक्रममा करिब ८० जना विद्यार्थीले सहभागिता जनाए। प्रतियोगिता सिनियर र जुनियर गरी दुई समूहमा सम्पन्न गरिएको थियो। कार्यक्रमको उद्घाटन ईपीएस स्कुलकी प्रिन्सिपल प्रमिला श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो। उनले भने, “हाम्रो विद्यालयका विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वास देख्दा गर्व लाग्छ।
विद्यालयले यस्ता अवसर निरन्तर प्रदान गर्दै लैजानेछ,” भन्दै निरन्तर प्रोत्साहन दिने प्रतिबद्धता जनाइन्। कार्यक्रमको आयोजना साइमोन राजबंशी (संस्थापक, ओजस फिल्म्स एन्ड इन्टरटेन्मेन्ट) ले गरेका थिए भने व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी म्यानेजिङ डाइरेक्टर ईशा पोख्रेलले सम्हालिन्। आकर्षक प्रस्तुति निर्माणमा कोरियोग्राफर नगमा लामाले निर्देशन गरेकी थिइन्।
विजेताहरू सिनियर समूह विजेता: आरोही थपागाई (प्रतिभागी नं. ७२) पहिलो रनर–अप: अनुश्का श्रेष्ठ (प्रतिभागी नं. ६६) दोस्रो रनर–अप: आयुषा खड्का (प्रतिभागी नं. ६५)
जुनियर समूह विजेता: श्रीयासी डंगोल (प्रतिभागी नं. २८) पहिलो रनर–अप: एरिक श्रेष्ठ (प्रतिभागी नं. २३) दोस्रो रनर–अप: रेमण्ड शम्शेर कुँवर (प्रतिभागी नं. २७) —
आयोजकहरूका अनुसार, यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो क्षमता देखाउने मात्र नभई कला, संगीत र प्रस्तुति क्षेत्रमा अघि बढ्न थप प्रेरणा प्रदान गरेको छ। उत्साही सहभागिता, खुशीयाली दर्शक र विशिष्ट पाहुनाको उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो। ‘स्कुल आइडल २०८२’ को सफलतासँगै ईपीएस स्कुलले विद्यार्थीहरूको सिर्जनशीलता र उत्कृष्टतालाई प्रोत्साहन दिने अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
Discussion about this post