प्रथम जुनियर मिस्टर एण्ड मिस धरान आइडलको उपाधि प्रसङ्शा र अजयलाई

धरान, २०८२ भदौ १४ गते । धरान–५ वर्षीय अङ्कित खड्काको उपचार सहयोगार्थ होप धरानले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन–१ को उपाधि प्रसङ्शा लिम्बु र अजय राउटले जितेका छन्।

गत भदौ १३ गते धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा हलमा सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममा उनीहरू विजेता घोषित भएका हुन्। विजेताले नगद रु २५ हजार, प्रमाणपत्र, ट्रफी र विभिन्न उपहार प्राप्त गरे।

प्रतियोगितामा छात्रा समूहतर्फ वाङ्छ्या राई दोस्रो र जस्मिन राई तेस्रो भए भने छात्र समूहतर्फ नेमार तामाङ दोस्रो र रोमन खड्की तेस्रो बने। दोस्रो स्थान हासिलकर्ताले नगद रु १५ हजार र तेस्रो स्थान हासिलकर्ताले १० हजार सहित प्रमाणपत्र, ट्रफी तथा अन्य उपहार पाए।

कार्यक्रममा मिस्टर नेपाल २०२४ का उपविजेता आदेश प्रधान प्रमुख निर्णायक थिए भने मिस ग्र्यान नेपाल २०१८ की विजेता शान्ति पाख्रिन, मिस टुरिजम नेपाल २०२४ की विजेता रविना बराईली, सामाजिक अभियन्ता सोनिया गुप्ता चौधरी र मिस ट्यालेन्ट अर्गनाइज चोइस विजेता रिया विश्वकर्मा निर्णायकका रूपमा सहभागी थिए।

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) प्रमुख अतिथि रहेको कार्यक्रममा छात्र समूहतर्फ १० जना र छात्रा समूहतर्फ २० जनाको सहभागिता थियो।

ग्राण्ड फिनाले कार्यक्रमको सञ्चालन मिस्टर एण्ड मिस धरान एसईई २०२५ सिजन–२ का उपविजेता अञ्जली शाह, रङ्छिङ तामाङ र स्यामरिन बाँस्तोला मिलेर गरेका थिए।

यसअघि प्रतियोगिताको पहिलो अडिसन असार १५ गते धरान–९ पुतली लाइनस्थित हाङकुक साराङ कोरियन रेस्टुरेन्ट एण्ड बारमा भएको थियो। दोस्रो अडिसन असार २१ गते र ग्रान्ड अडिसन असार २९ गते धरान–७ बुद्ध मार्गस्थित होप धरानको हलमा सम्पन्न भएको थियो। साथै, ट्यालेन्ट शो साउन २७ गते धरान–७ स्थित सिद्धि नेवा परिसरको सभाहलमा आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित