धरान । भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले सांस्कृतिक सम्पदाको धनी भारतका चर्चित कथाकली नृत्यको आयोजना गरिएको थियो । गए राती १९ अगष्ट २०२५ मंगलवार पी पी ओ धरानको प्राङ्गणमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंद्वारा कार्यक्रम सम्पन्न भएको हो ।
भारतीय राजदुतावासद्वारा आयोजना गरेको उक्त सांस्कृतिक नृत्य कार्यक्रम दुवै देशको राष्ट्र गानका साथ विषेश अतिथिगण प्रदेश १ सभासद विजय कुमार राई र रमेश कुमार बस्नेतद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो । उक्त सांस्कृतिक नृत्य कार्यक्रमलाई भारतीय राजदुतावास, पेन्शन वितरण कार्यालय धरानका कार्यबाहक अधिकारी मेजर शम्मि सुवर्णले सम्बोधन गर्नुभएको थियो ।
कुनै पनि देशको सांस्कृतिक नृत्य कलालाई सभ्यता, संस्कृती, सामाजिक पराम्परा, माया र सदभावको दृष्टिकोणले हेरिने भएको हुनाले सो सांस्कृतिक नृत्य कार्यक्रममा विषेश अतिथिगण साथै जनसमुदायहरुको उपस्थिति रहेको थियो । शास्त्रीय नृत्य कथाकली केरला राज्यको दक्षिणी हिस्साबाट आएको एक शक्तिशाली र दृष्टिक्षणत्मक नृत्य नाटय रुप भएको र ३०० वर्ष पुरानो इतिहास भएको यो कला, साहित्य, संगीत, चित्रकला, अभिनय र नृत्यको सुन्दर संयोजन हो । विस्तृत पोशाक, चम्किला अनुहार मेकअप, सांकेतिक हातको मुद्रा, लयबद्धचालले कथाकली केवल प्रस्तुतिकरण मात्र नभई महाभारत, रामायण लगायतका महाकाव्यहरुबाट गहिरो कथाहरु भाषा र समय सीमालाई पार गरेर दर्शकसम्म पुऱ्याउने आध्यात्मिक र सौन्दर्यात्मक यात्रा हो । शास्त्रीय नृत्य कथाकली श्री एन रामनकट्टी र उहाको प्रतिभाशाली टोलीद्वारा प्रस्तुत गरिएको यो पवित्र कला र प्रस्तुतीलाई हेर्न भुपु परिवारको उपस्थिति थिए । उहाँहरुको उपस्थिति प्रस्तुति कलाले नै मानवता, संस्कृत र अध्यात्मवीचको पुलको काम गर्छ भन्ने सन्देश दिएका थिए जो नृत्यले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
उक्त सांस्कृतिक नृत्य कार्यक्रममा नेपाल सरकारका विषेश पदाधिकारीज्युहरु, उप प्रमुख आइन्द्र बेघा भारतीय भूत पूर्व सैनिक तथा तिनका आश्रितहरु, वि पी के आई एच एसका रेक्टर प्रोफेसर डक्टरहरु, उध्योग वाणिज्य संघ धरानका अध्यक्ष्य, व्यापारी वर्ग, राजनितीज्य साथै स्थानीय बुध्दीजिवीहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको अन्तमा आफनो बहुमुल्य समय निकाली पाल्नु भएका विषेश अतिथिहरुमा पेन्शन वितरण कार्यालय धरानका कार्यबाहक अधिकारी मेजर शम्मि सुवणज्युले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
के हो कथाकली
कथकली मालाबार, कोचीन, र ट्रावनकोरका आस नजिक प्रचलित नृत्य शैली हो। केरलको सुप्रसिद्ध शास्त्रीय रंगकला छ कथकळि । १७ उनी शताब्दीमा कोट्टारक्करा तंपुरान (राजा)ले जस रामनाट्टमको आविष्कार गरेको थियो त्यसैको विकसित रूप छ कथकळि । यो रंगकला नृत्यनाट्य कलाको सुन्दरतम रूप छ । भारतीय अभिनय कलाको नृत्य नामक रंगकलाका अन्तर्गत कथकळिको गणना हुन्छ । रंगीन वेशभूषा पहने कलाकार गायकहरू द्वारा गाईे जाने कथा सन्दर्भहरूको हस्तमुद्राहरू एवं नृत्य-नाट्हरू द्वारा अभिनय प्रस्तुत गर्दछन् । यसमा कलाकार स्वयं न त संवाद बोल्दछ र न नैं गीत गाउँछ । कथकळिका साहित्यिक रूपलाई ‘आट्टक्कथा’ भन्दछन् । गायक गण वाद्हरूका वादनका साथ आट्टक्कथाहरू गाउँछन् । कलाकार उनमा अभिनय गरेर देखिन्छन् । कथाको विषय भारतीय पुराणहरू र इतिहासहरूदेखि लिइन्छ । आधुनिक कालमा पश्चिमी कथाहरूलाई पनि विषय रूपमा स्वीकृत गरिएको छ । कथकळिमा तैय्यम, तिरा, मुडियेट्टु, पडयणि इत्यादि कारलीय अनुष्ठान कलाहरू तथा कूत्तु, कूडियाट्टम, कृष्णनाट्टम आदि शास्त्रीय (क्लासिक) कलाहरूको प्रभाव पनि हेर्न सकिन्छ ।
























Discussion about this post