ब्रेन ट्युमर बिरामीलाई नगद एक लाख १० हजार हस्तान्तरण(भिडियो सहित)

धरान । धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारिका ५ वर्षिय ब्रेन ट्युमर बिरामी अङ्कित खड्काको उपचारको लागि होप धरानले एक लाख १० हजार रुपैया हस्तान्तरण गरेको छ ।

जुनियर मिस्टर एन्ड मिस धरान आइडल २०२५ का विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रमको अवसरमा उक्त उपचार सहयोग हस्तान्तरण गरिएको हो । प्रदेश १ सांसद ममता तामाङको प्रमुख आतिथ्यमा बिरामी अङ्कितका आमा र बिरामी स्वयं उपस्थिति गराई सहयोग हस्तान्तरण गरेको हो ।

होप धरानका अध्यक्ष निश्चल पलिखेले शुरुवाती चरणमै ब्रेन ट्युमरका बिरामी अङ्कित खडकाको उपचार सहयोगार्थ कार्यक्रम गरिएको जनाएका थिए । कार्यक्रमको ग्राण्ड फिनाले लगायतको प्रवेश शुल्क अनि विभिन्न ब्यक्ति संस्थाबाट उपलब्ध भएका आर्थिक सहयोगको एकमुष्ट रकम एक लाख भएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी सांसद ममता योन्जनको तर्फबाट १० हजार रुपैया थप गरि जम्मा एक लाख १० हजार रुपैया हस्तान्तरण गरेको हो । बिरामिको शल्यक्रिया गर्नका लागि करिब ५ लाखसम्म लाग्ने चिकित्सकले भनेपछि उपचार सहयोगक याचना भएपछि होप धरानले निरन्तर गरिदै आएको कार्यक्रममा उनको उपचार सहयोगको समेत अभियान जोडेका थिए ।

कार्यक्रममा बिजेता जिनियर आइडलहरुलाई नगद पुरस्कार प्रमुख अतिथि लगायत उपस्तिथ अतिथिबाट प्रदान गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित