लजेस राई
धरान – धरान उपमहानगरपालिका–१४ स्थित प्रसिद्ध बुढा सुब्बा मन्दिर परिसरमा धरानका एक युवा समूहले दोस्रो साता पनि सरसफाइ अभियान सञ्चालन गरेका छन्।
सफाइ अभियान अन्तर्गत मन्दिरको पश्चिम पट्टिको क्षेत्रबाट बाक्लो तथा अग्लो झार उखालेर सरसफाइ गरिएको हो। यस कार्यले मन्दिरको वातावरणलाई अझ स्वच्छ र आकर्षक बनाएको स्थानीयहरूले बताएका छन्।
पर्यटन र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने बुढा सुब्बा मन्दिरमा गरिएको सफाइ कार्यले दर्शनार्थी र पर्यटकहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
मन्दिर व्यवस्थापन समितिले युवाहरूको यो प्रयासलाई अत्यन्त सकारात्मक रूपमा लिएको छ। समितिका एक पदाधिकारीले भने, “यसरी युवाहरू आफैँ अगाडि आएर सरसफाइ गर्नु वास्तवमै प्रेरणादायी कार्य हो।”
धरान–१४ का वडाध्यक्षले पनि युवाहरूको अभियानको प्रशंसा गर्दै भविष्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस सरसफाइ अभियानका संयोजक समीर राई (अर्बिन) ले बताएअनुसार, “हामीले बुढा सुब्बा परिसरलाई स्वच्छ र सुन्दर बनाउने लक्ष्यका साथ यो अभियान थालेका हौं। स्थानीय तह, मन्दिर समिति र आम जनसमुदायको साथ पाए यसलाई अझ निरन्तरता दिनेछौं।”
स्थानीय तहको समर्थन र युवाहरूको सक्रियताले धरानका पर्यटकीय स्थलहरू अझ व्यवस्थित हुँदै जाने आशा गरिएको छ।




















Discussion about this post