धरान । ३१ औ अन्तरास्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरान नगर समन्वय समितिको आयोजनामा साउन २३ गते धरानको लोकतान्त्रिक चौतारीमा भएको रक्तदान कार्यक्रममा ५२ पिण्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रम धरान उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडा अध्यक्ष राईले रक्तदान एउटा मान्छेको जीवनसंग जोडिएको भन्दै रक्तदान मानविय सेवा भएको बताए । उनले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
३१औ अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजातिको युवा महासंघ धरानले निःशुल्क आँखा परीक्षण शिविर साउन २२ गते सफलता पूर्ण सम्पन्न गरेका छन । दिवसको अवसर पारेर त्रीदिवसिय कार्यक्रम तय गरेका थिए । किरात याक्खा छुम्म संघीय सभा भवन धरान १६ मा आँखा शिबिर स्वास्थ्य परिक्षणको कार्यक्रम सम्पन्न गरेको हो । शिबिरमा खुसी आँखा उपचार स्वास्थ्य प्रा लीका आँखा प्राविधिकबाट शिविरमा सेवा दिएका थिए । आँखा शिबिरमा ९८ जना लै निःशुल्क उपचार सेवा लिएका थिए ।
कार्यक्रमको मुख्य दिन ९ अगस्ट साउन २४ गते झाँकी र्यालीको आयोजना गरिएको छ । जुन कार्यक्रमको मुख्य वक्ताको रुपमा डा. कृष्ण भट्टचन धरान आईपुगेको छ । नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानको आयोजनामा हुन गैरहेको ३१ औ विश्व आदिवासी दिवस धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा हुने कुरा नगर समन्वय परिषदले जनाएको छ ।
प्राकृतिक स्राेत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वाेच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर” भन्ने मूल नारासहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको छ ।
साउन २४ गते शनिबार बिहान १०:३० बजे धरान-१२ स्थित पब्लिक हाइ स्कुलकाे खेल मैदानबाट साँस्कृतिक झाँकी र्याली सुरु भएर धरान-१५ स्थित चुम्लुङ भवनमा सभामा परिणत हुनेछ ।
























Discussion about this post