संखुवासभा । चीन सिमा रहेको संखुवासभा जिल्ला शिङ्सालुङ हालको भोटखोला गाउँपालिका वडा नम्बर २ च्याम्ताङमा दुई सेच्या फाबु आपसमा कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएको छ ।
साउन २८ गते करिब दिउँसो ५ बजे च्याम्ताङ (दम्दाङ) को टिजाङ नजिक सोही गाउँ बस्ने ङेरुक दोर्ची भोटे सेच्यालाई सोही गाँउका हाल काठमाडौ बसोबास गर्दै आएका पासाङ भोटे सेच्या कुटपिट गरि गम्भीर घाइते बनाएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पारिवारिक स्रोतले जानकारी दिए अनुसार उनका बुवा ङेरुक दोर्चिमाथी मालिङ्गोको लौरोले टाउको अनुहार लगायत शरिरममा मरन्नसान्न हुनेगरी हमला गरि मारपिट गरेको आरोप लगाएको छ । घाइते ङेरुक दोर्चिको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जानकारी दिए ।
घाइतेको अवस्था अहिले गम्भीर भएको कुरा उनका छोरा किन्साङले जानकारी दिए । टाउकामा चोट लागेकोले वान्ता गर्ने चक्कर लाग्ने भैरहेको जानकारी दिए । आज बुधबार गाउँमा प्रहरीले बुझ्ने काम गरिरहेको भन्दै थप उपचारका लागि बिहिवार बिहानै ल्याउने जानकारी दिए ।
स्थानीय स्वास्थ्य संस्थाले टाउकाको लागि सिटि स्क्यान गर्न भनेको बताए । त्यही अनुसार दाँतमा पनि प्रहार भएकले दन्त चिकित्सकलाई उपचार गराउन पनि संखुवासभाको सदरमुकाम खाँदबारी ल्याउन लागेको छोरा किन्साङले बताए ।
यस विषयमा प्रहरीलाई बुझ्दा दाजुभाइको सामान्य झगडा भएको बताए । घाइते भनिएका व्यक्ति दाबिगरे जस्तो सिकिस्त नभएको जानकारी दिए । पछिल्लो अपडेटमा स्थानीय प्रहरीलाई बुझ्दा सुगरको रोगी समेत भएको घाइतेलाई लोकल कुखुराको सुप खुवाएकोले पनि हुनसक्छ भन्दै बान्ता गर्ने चक्कर लाग्ने गरेको प्रहरीले जानकारी दिए ।प्रहरीले कुटपिट गर्ने पासाङ भोटे फरार रहेको बताए ।
घटना अनुसार ङेरुक दोर्ची बाख्रा धपाउन जानेक्रममा पासाङ भोटे सांग्रीला उर्जा कम्पनिको छुजुङ जलविद्युत परियोजना स्थल मेम्बुकमा खसिबाख्रा पालन गर्ने खोर बनाएर फर्किने क्रममा बाटोमा कुटाकुट भएको बताए ।
स्थानीयले जानकारी दिए अनुसार सांग्रीला उर्जा कम्पनीको विषयलाई लिएर झगडा भएको हुनसक्ने अनुमान गरे । यसरी लडाई भैरहेको बेला सोही गाउँको स्थानीय आङ्जुक भोटेले दुबैजनालाई छुट्याइएको बताए । पासाङ र ङेरुक दोर्ची सेच्या थरिको दाजुभाई हुन ।
Discussion about this post