जेन्जी सहिद साजन मेवाहाङको दुई छोराको लालनपालन शिक्षाको लागि सहयोग माग

धरान । किरात मेवाहाङ्ग याखोम्मा (केन्द्रीय कार्य समिति, नेपाल) ले एक अपिल जारी गरी हालैको जनआन्दोलनमा संलग्न रहँदा सिलीचोङ गाउँपालिका–६, पाङका २४ वर्षीय स्व. रञ्जन मेवाहाङ्गको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारका दुई बालकको भविष्य निर्माणका लागि सहयोग गर्न आग्रह गरेको छ।

स्व. मेवाहाङ्गको घर–जग्गा सबै जलेर नष्ट भएको र परिवार आर्थिक रूपमा अति विपन्न अवस्थामा पुगेको भन्दै संघले सम्पूर्ण दाजुभाइ तथा शुभेच्छुकहरूलाई सहानुभूति र सहयोगका हात फैलाउन अपिल गरेको हो। अपिलपत्रमा सरकारी राहत रकम तत्काल पुग्न समय लाग्ने भएकाले असहाय परिवारलाई तुरुन्त राहत र दीर्घकालीन सहयोग आवश्यक रहेको उल्लेख छ।

सहयोग रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकमा रक्जन राई र जिमी राई नाममा रहेको खाता नं. 2160100050279010 प्रयोग गर्न सकिने संघले जनाएको छ।

संघका महासचिव बिश्वरसिं मेवाहाङ र अध्यक्ष शङ्करदास मेवाहाङले हस्ताक्षर गरेको अपिलपत्रमा जेनजी पुस्ताको आन्दोलनका क्रममा बलिदान भएकाहरूको परिवारलाई सहयोग गर्नु सामूहिक दायित्व भएको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित