धनकुटामा कार्यरत प्रहरी जवान सुमन बराल उत्कृष्ट प्रहरी घोषित

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

दिपेश रोक्का
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी जवान सुमन बराल फागुन महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सर्बोत्कृष्ट घोषित भएका सुमन बरालले विभागीय मूल्य-मान्यता,आदेश- निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ यस कार्यालयको संचार शाखामा कार्यरत रही आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार भई शाखाको अभिलेख व्यवस्थापन, तालुक कार्यालय तथा यस कार्यालयका कार्यालय प्रमुखबाट भएका नीति निर्देशनहरू मातहत प्रहरी युनिटलाई आदान प्रदान गरी भए गरेका काम कारवाहीहरुलाई पूर्णता दिनलाई समयमानै फलोअप गर्ने गरेको, यस धनकुटा जिल्लामा घटेका घटनाहरुको विवरण प्राप्त हुन साथ सिलसिलेवार रूपमा जाहेर गरी DIRS मा त्रुटिरहित ढंगले Entry गर्ने गरेको, तालुक कार्यालयवाट हुने Video Conference को प्राविधिक व्यवस्थापन लगायतका कार्य तथा यस कार्यालयको विभिन्न शाखामा रहेका प्राविधिक उपकरणहरूमा आएका समस्याहरूको समाधान गरी प्रहरी काम कारवाहीलाई छिटो छरितो र प्रविधि मैत्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको पाइएको हुँदा प्रहरी चौकी डाँडाबजार धनकुटा संचार दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान सुमन बराललाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल फागुन महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित