कोखा खोलाको पाईप जलाउँदा दैनिक सात लाख लिटर पानी अवरुद्ध,पानी अभाव भन्दै सामाजिक संजालमा लेख्नेहरु पाईप जलाउँदा मौन समर्थन(भिडियो सहित )

 

धरान । केहिदिन अघिदेखि बराहक्षेत्र नगरपालिका परिसरको जंगलमा डढेलोले कोखाखोलाको पाईप जल्दा दैनिक पाँचदेखि सात लिटर पानी आपूर्ति बन्द भएको छ ।
धरान खानेपानी व्यावस्थापन बोर्डका निर्देशक राजु पोखरेलले कोखाबाट ल्याएको पाईप जल्दा धरानमा दैनिक सात लाख लिटरसम्मको पानी अवरुद्ध भएको जानकारी दिए । पोखरेलले एकिन मापन गर्ने साधन नभए पनि पाँचदेखि सात लाखसम्म पानी कोखा खोलाबाट भइरहेको बताए । तर डढेलोको कारण सो पानी अवरुद्ध भएको कुरा निर्देशक पोखरेलले जानकारी दिए । उनले विभिन्न स्थानमा आगो लागेकोले करिब सात सय मिटर जति पाईप क्षति भएको जानकारी दिए ।

पाईप जोड्ने काम भैरहेको भन्दै चाडोभन्दा चाडो पानी ल्याउने बताए । सबै पाईप गाँस्न्व काम भएको भन्दै भौगोलिक समस्या र विभिन्न स्थानमा भएकोले पाईप तान्ने काम भैरहेको पोखरेलले जानकारी दिए ।
धरानमा दैनिक नयाँ धारा जडानको निवेदन आईरहेको बताए । त्यसको लागि अव प्रदेश सरकारको बजेटबाट वेल खनिए आगामी वर्ष केहि राहत हुने बताए । मेयर हर्क साम्पाङले सप्तकोसीको प्रोजेक्ट पहल भैरहेको भन्दै खानेपानीको समस्या समाधान हुने जानकारी दिए ।

रातभर आगो निभाउन बसेका मेयर साङ्पाङले आफु गर्छु भनेपछि गरिछाड्ने अचम्म ब्यक्ति भएको दाबि गरे । उनले भने -`यो देश मलाई मात्र चाहिने होकि वन पुलिस स्थानीय कसैको चासो भएन ।´उनले भने म वनवास बस्दा पानी पर्ने रहेछ । गत साल लामो खडेरी भएको अवस्थामा कोखाको पानी झार्नेबेला पानी नल्याई नफर्किने भन्दा पानी परेको स्मरण गरे । मेयर साङ्पाङले आफ्नो मनमा कुनै पाप नभएको दाबि गर्दै यसरी पानी पर्नु सत्यता रहेको घुमाउरो भाव देखाए ।

बुधबार बिहान सिधै जंगलबाट रातभर आगो नियन्त्रणपछि ग्रीनटि आईपुगेका थिए । त्यहाँ सुम्निमा पारुहाङ प्रतिमा निर्माणको लागि सहयोग र जलेको पाईप मर्मत संभार गर्न भनेर कोरिया तथा धरान १७ बाट आर्थिक सहयोग हस्तान्तरण भएका थिए ।

यस अघि सामाजिक संजालमा पानी अभाव भएको ट्यांकरबाट किन्नुपरेको,लेउति सुरुङबाट ल्याएर पुर्ति गर्नुपर्ने जस्ता ब्यापक आलोचना गर्दै पोस्ट हालेका थिए । तर जंगलमा डढेलो लगाई कोखा खोलाको पानी ल्याएको पाईप जलाउदासम्म तिनीहरुको सामाजिक संजालमा बिरोधको एक शब्द लेखिएको पाईएन ।

हर्क साम्पाङ तत्कालीन अवस्था अभियन्ता हुँदा खानेपानीको मुहान तोडफोड गरेको भन्दै धरानका राजनीतिक दलहरुले कार्वाहीको लागि बिज्ञप्ति जारी गरिएका थिए । त्यसपछि उनलाई हिरासतमा राखि कार्वाही भएका थिए । केहि दिन अगाडिमात्र एक कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै राजनीतिक दलले बिज्ञप्ति जारी गरिएका थिए । तर ती राजनीतिक दलले कोखा खोलाबाट ल्याएको खानेपानी पाईप आगो लगाई खानेपानी जस्तो अत्यावश्यक कुरामा अपराध गर्दा पनि आजसम्म कार्वाहीको लागि भनेर बिज्ञप्ति निकाल्ने हिम्मत गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित