डिएसपीको क्वाटर नजिक महिलाको बेवारिसे लाश भेटियो (भिडियो सहित )

धरान । धरान उपमहानगर वडा नम्बर १८ स्थीत बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा एक बेवारिसे महिलाको लाश भेटिएको छ ।

बुधबार दिउसो करिब २ बजे एक महिला धरान १८ निवासी मन कुमारी लिम्बु बाख्रा चराउने क्रममा बिपि क्याम्प धरानको पुरुष छात्रावास र डिपोट स्कुलको बिचमा पर्ने खोल्सिमा एक ब्यक्तिको लाश जस्तो देखेपछि नजिकैको स्कुलको शिक्षकलाई खबर गरेका थिए ।

प्रत्यक्षदर्शि मनकुमारीले लाश जस्तो देखेपछि बोलाएर देखाएपछि प्रहरीलाई डिपोट स्कुलको शिक्षकले खबर पुगेको प्रत्यक्षदर्शी मनकुमारीले बताए । बाख्रा धपाउने क्रममा खोल्सातिर जाँदा पुरुष होकि महिला नचिन्ने अवस्थामा घोप्टो अवस्थामा देखेको बताए ।

तालिमप्राप्त दुईवटा कुकुर समेत परिचालन गरिएको थियो । लाशलाई प्रहरीले उठाई अहिले बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । बेवारिसे लाश भेटिएको नजिक डिएसपीको क्वाटर समेत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)