प्रथम भोटखोला महोत्सवको तयारी द्रुत गतिमा हुँदै,आगामी चैत ९,१० र ११ गते हुने

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

संखुवासभा । चीन सिमासंग जोडिएको प्रदेश १ को उत्तरी संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाले आयोजना गरेको प्रथम महोत्सवको तयारी युद्धस्तरमा भएको छ ।
प्रथम ऐतिहासिक भोटखोला महोत्सव आगामी चैत ९,१० र ११ गते पालिकाको मुकाम हटियामा हुने भएपछि त्यसको तयारी युद्ध स्तरमा भैरहेको छ । समय नजिकै गर्दा त्यसको तयारीको लागि हटियामा सरसफाइ लगायत सबै तयारीमा लागिएको हो ।

भोटखोलाको उन्नति समृद्धि विकासको लागि वित्तीय व्यावस्थापन,पर्यटन प्रवर्द्धन,ऐतिहासिक धरोहर संरक्षण संबर्द्ध्न गर्ने उद्देश्यले प्रथम ऐतिहासिक महोत्सव गरिएको कुरा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले जानकारी दिए ।

महोत्सवमा संघीय सरकारबाट भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ आउने कुरा अध्यक्षले जानकारी दिए । त्यसैगरी प्रदेश १ बाट सामाजिक विकास मन्त्री राजेन्द्र कार्की आउने कुरा जानकारी दिए । पुर्वको कर्णालीको उपनाम पाएको संखुवासभा जिल्ला प्राकृतिक श्रोत साधनमा अग्र पंक्तिमा छन । तर राज्यको पहुँच र लगानी भने कम रहेको छ । त्यहि कुरालाई मध्यनजर गर्दै राज्य सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले पनि यो महोत्सव गरिएको अध्यक्ष वाङले बताए ।

महोत्सव स्थल सरसफाइमा कर्मचारीहरु

तीन दिने महोत्सवमा मौलिक खेल तीर आर्चरी प्रतियोगिता,भलिबल,फोटो प्रदर्शनी,लामा बिजुवा तथा स्थानीयको झाँकि र्‍याली,स्यप्रो,कृषि प्रदर्शनी लगायतको कार्यक्रम हुनेछ ।

भोटखोलामा ऐतिहासिक याङ गुठी गुम्बा,पवित्र तिर्थस्थल बरुण(छुक्च्युव ),किमाथांका चीन नाका,प्रशस्त जडिबुटी,अलैंची,जलश्रोत लगायत भए पनि प्रचारप्रसारको कमि राज्यको ध्यानाकर्षण नहुँदा आर्थिक सामाजिक सांस्कृतिक रुपमा भनिए जस्तो लाभ लिन सकिएको छैन ।तस्बिर : मिथुन नुप्पा 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित