हिन्दु धर्म कथावाचक गुरुले आफ्नै श्रीमतीलाई दुव्र्यवहार,कुटपिट सहित जबर्जस्ति गर्भपतन(भिडियो सहित )

काठमाडौ । चितवन जिल्लाका सुकृति पौडेल भुषालले आफ्नै श्रीमान हिन्दु धर्मका कथावाचक समेत रहेका शीतलकृष्ण महाराजले दुव्र्यवहार मात्र नभै दवाबमा गर्भपतन समेत गराउन लगाएको बताए ।
शीतलकृष्ण महाराज (भुषाल ) को श्रीमती सुकृति पौडेल भुषालले काठमाडौ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफु अन्यायमा परेकोले मिडिया मार्फत न्यायको ढोका ढकढकाएको हो । उनले एक वर्ष अगाडिदेखि यो समस्या भोग्दै आएको भन्दै बाध्य भएर मिडियामा आउनुपरेको बताए ।
प्रेस बिज्ञप्तिको पुर्ण पाठ :

                    प्रेस विज्ञप्ति

आदरणीय पत्रकार बन्धुहरु :- मिति २०८०/११/०४

संसारका हरेक प्राणीहरुको सुख पूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि नै धर्म, शास्त्र, विधि, निषेध र कानूनको आवश्यकता परेको हो। यदि मानव आफ्नु कर्तव्यमा निष्ठा र अरुको बांच्न पाउने अधिकारको हनन नगर्ने हो भने कठोर कानूनको आवश्यकता नै देखिन्न। यहां आफनो स्वार्थको लागि अरुको इच्छा चाहना र सुखपूर्वक बांच्न पाउने अधिकार हनन गर्ने बानीको विकास हुँदै जानु अत्यन्त दुभर्भाग्यपूर्ण हो । त्यसमा पनि अरुलाई राम्रो काम गर्न सिकाउने धर्मको बाटोमा हिंडेर यो लीक र परलोकमा सुख पाईन्छ भनेर शास्त्रको दुहाई दिएर हिंड्नेले सामाजिक मान्यता परम्परा व्यवहार र धर्मको सामान्य कुरा पनि पालन नगरी अरुको जीवन संग खेलवाड गर्नु मानवीय तथा सामाजिक मूल्यमान्यता विपरीत कुरा हो भन्ने ख्याल सबैलाई हुनु नै पर्छ। मेरो जीवनमा पनि यस्तै खालको खेलवाड कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक मेरा श्रीमान शीतलकृष्ण महाराज (भूसालले गरेका छन्। विवाह भएको ३ वर्ष भयो। विवाह पश्चात् केही महिना रासै संग बित्यो भने पछि गएर उनका दुव्र्व्यवहार र दुश्चरिवहरु बाहिर देखिन र मैले अनुभव गर्न थालें । मैले सो विषयका व्यवहारका विषयमा उहांलाई नै बारम्बार भन्दा उहांले मलाई रक्ताम्ये हुने गरी कुटपिट गर्ने आदि घटना हुन थाले । यति मात्र नभई मलाई भ्रूणहत्या गर्न विवश बनाईयो। म सहदै गए। किनकि विवाहलाई निर्वाह यसरी नै गर्नुपदों रहेछ कि भन्ने लागेर आयो। मैले आफ्नु पीडा मेरा माईतिपक्षलाई पनि कहिले भनिन । न त घरमा नै अरुलाई गुनासो गरें। यसरी सहदै निर्वाह गर्दै जीवन चल्दै थियो ।

गत २०८० बैसाखमा भारतको उत्तराखण्डको चारधामको यात्रामा हामी संगै नै थियो। व्यवहार सामान्य नै थियो। तीर्थयात्रा पश्चात् घर फर्केर आएपछि २०८० साउन २३ गते मेरो माईति भरतपुर ५, शमीचोकमा मेरा श्रीमान शीतलक्षण महाराजको जन्मोत्सव रात्रीको समयमा भव्यसंग मनाइएको थियो । भोलीपल्ट विहान म घर (दलदले नवलपुर) मा बुबाआमालाई भेटेर तिमिलाई लिन आउँछु भनेर जानुभयो । आउनुहोला भनेर प्रतिक्षा गर्दै थिएँ । अकस्मात् मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिवोर्स फाईल पेश गरेको जानकारी आयो। म यो अप्रत्याशित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ। मेरो लागि यो सपना जस्तै भए पनि आशा थियो कि मेरो श्रीमानको पक्षबाट मलाई सम्झाउने आदि केही हुन्छ कि भनेर। तर त्यसको विपरीत म संग कुनै सम्बन्ध र सम्पर्क नहोस् भनेर महिनौ सम्म भागेर भारतमा गएर बसेको जानकारी पाएँ । हाम्रो तर्फबाट पटकपटक सल्लाहको लागि अनुरोध गर्दा उनको भाई सौगात भुसाल (जसलाई अदालतमा मेरा श्रीमानले वारेसनामा दिएको छाले पाँचवर्षको च्यालेन्ज दिन्छु मेरो दाईलाई झिकेर देखाउनुस् भन्दै उल्टै धम्क्याउने कार्य गरे । मैले यी पीडालाई धार्मिक संस्था र धर्मगुरुहरुलाई पनि अनुरोध गरे तर खासै प्रतिक्रिया आएन। यसरी धर्मको आवरणमा बस्नेले मेरो भविष्यलाई नै अन्धकारमा धकेल्ने कार्य देख्दा मन अत्यन्तै दुखेर सबै संग न्याय खोज्न उपस्थित भएकी छु। मन लागुञ्जेल संगै बस्ने र मन भरिए पछि विभिन्न बहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र? नारीहरु कुनै खेलौना हो र ?

सामान्य व्यक्तिले पनि नगर्ने गल्ती मेरा प्रसिद्ध कथावाचक श्रीमान शीतलक्षण महाराज (भुसाल) ले लाखौं भक्तजनलाई धर्मको उपदेश दिएर घर विगार्नु हुन्न भनेर सिकाउने र आफ्‌नै श्रीमतीलाई विना कारण आफ्नु आन्तरिक स्वार्थ पुरा गर्न छोडपत्र दिने कार्य गर्नु धार्मिक, सामाजिक र व्यावहारिक रुपमा पनि अपराध हो भन्ने मलाई लाग्छ । जब कि सनातन धर्ममा विवाह सातजन्म संगसंगै साथ बस्ने प्रतिज्ञा गरेको हुन्छ भनेर उनैले प्रवचन गरेर दुनियाँलाई झुक्याउने काम गर्नु धार्मिक हिसाबमा पनि ठूलो अपराध हो। उनले गरेका यस्ता झुक्याउने र मलाई दुव्र्व्यवहार गर्ने गरेका घटना कयौं छन्। मैले अहिले सम्म थाहा पाउन सकिन कि मैले गल्ती त्यस्तो के गरे ? जसले गर्दा मलाई डिवोर्स पेपर थमाउने काम भयो। आशा छ राज्यको चौथो अंगले अवश्य न्याय दिलाउन र यस्ता कुकर्म गर्नेको पर्दाफास र सजाय दिलाउने छ ।

 

सुक्ति पौडेल भुसाल अनुरोधक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित