काठमाडौ । नेपाल पत्रकार महासंघ सुनसरी जिल्लाका अध्यक्ष जनकऋषि चाम्लिङले उल्टो दौडेर नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको निर्णयको विरोध गरेको हो ।
शनिबार धरानमा दोस्रो गोर्खा ट्रेल ब्रेजर रन प्रतियोगितामा भाग लिँदै महासंघको निर्णयको बिरोध गरेको हो । अध्यक्ष चाम्लिङले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहास मेटाउन खोज्ने नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिको प्रयासको साङ्केतिक विरोध गरेको बताए ।
नेपाल पत्रकार महासंघले प्रकाशन गरेको एउटा पुस्तकमा सत्यनारायण बहादुर श्रेष्ठको नाम नामेट गरेर कृष्णप्रसाद भट्टराईको नाम राखेर प्रकाशित गरेका थिए । जुन कुरालाई आदिवासी जनजाति पत्रकार संगठन फोनिजले विमोचन कार्यक्रममा नै बिरोध गरिसकेको छ ।
अध्यक्ष राईले सांकेतिक बिरोधमा धरानको रत्नचोकदेखि धरान उपमहानगर वडा नम्बर २० मा रहेको गोर्खा स्मृति पार्कसम्म उल्टो दौड गरेका थिए । उनले यो दौड ८.५ किलोमिटर पुरै गरेको थियो ।
Discussion about this post