धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका १८ जना फार्मेसी कर्मचारीलाई तोकिएको तलब नपाएको भन्दै चार बुँदे माग प्रस्तुत गरेको छ ।
धरानमा आज पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानमा कार्यरत १८ जना कर्मचारीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पुरा तलब सहित चार बुँदे माग गरेको छ । आफ्ना मागलाई सम्बोधन नगरे सामुहिक रुपमा राजिनामा गर्ने चेतावनी दिएको छ ।
प्रतिष्ठानको फार्मेसीमा विगत ६ बर्ष भन्दा लामो समयदेखि १८ जना कर्मचारीको रुपमा कार्यरत रहदै आएको उल्लेख छ ।शुरुवातदेखि नै उनीहरुलाई केही समयपछि अस्पतालकै कर्मचारीको रुपमा नियुक्ति दिने आश्वासन दिएको बताए । तर हाल सम्म KTM SECURITY SERVICE अन्तर्गत राखेर नै काम गराई रहेको जनाए । कोभिड कालमा र अस्पताल सन्चालनको विभिन्न समयमा पेशा प्रती इमान्दार रही दिनरात नभनी, विषम परिस्थितिमा सेवा प्रदान गर्दै आएको दाबि छ । अस्पतालमा रहेको ४ वटा फार्मेसी डिपोमा न्यून्तम ३६ जना कर्मचारीको आवश्यकता भए पनि १८ जना फार्मेसी सहायक कर्मचारीहरुले नै तोकिएको समय भन्दा बढी काम गर्दै आएका बताए ।
बिगत ६ महिना देखि तलब नदिएर चलाउन समस्या भएको बताए । केही दिन अघि ३ महिनाको तलब घटाएर लगाई दिएको र बाकी रहेको तलब पनि नदिएको गुनासो छ । बारम्बार यो विषयमा सम्बन्धीत KTM SECURITY SERVICE र अस्पताल प्रशासनलाई जानकारी गराउदा समेत माग सम्बोधन नभएको हुँदा गएको २०८० साल फागुन २७ गते आईतवारदेखि अवज्ञा आन्दोलनको सुरुवात गरि सेवा रोकेर आएको बताए ।
चार बुदे माग
१. अस्पतालमा सन्चालित फार्मेसीमा आवश्यक औषधीहरु प्रयाप्त मात्रामा आपूर्ति नभएको हुँदा सर्वसाधारण सेवाग्राही, बिरामी र विरामीका आफन्तहरुले हामी कार्यरत कर्मचारीहरुलाई नै दीप दिने, गालिगलौज गर्ने र अस्पताल बाहिरका मेडिकल संग मिले मतो रहेको आरोप लगाउने भएको हुँदा, फार्मेसीमा सम्पुर्ण आवश्यक औषधीहरु उपलब्ध गराई पाउँ।
२. बिगतको ६ बर्ष देखि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी सन्चालन भए देखि हामीले रु १३५०० देखि रोजगारी सुरु गरेको र विभिन्न समयमा तलब वृद्धि हुँदै गत सालको सुरु सत्रै हामीले मासिक रु २२५०० रकम तलब चापत बुझी लिदै आएकोमा हाम्रो तलब विगत ६ महिना देखि रोकिएको र हाल आएर ३ महिनाको तलब दिईएको र त्यो ३ महिनाको तलब समेत घटाएर राज्यले तोकेको न्युनतम श्रमीकको तलब रु.१७३०० भन्दा कम जम्मा रु. १६७९४ मात्र दिएर हामीलाई अन्याय तथा हामी माथी श्रम शोपन गरेको हुँदा राज्यले हामी फार्मेसी सहायकलाई पाचौ तह अन्तर्गत राखेको हुदा सोही तह अनुसार तलब, सेवा, सुविधा उपलब्ध गराई पाउ।
३. हामी यस विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी मा कार्यरत कर्मचारीहरुलाई हालसम्म KTM SECURITY SERVICE अन्तर्गत वैकल्पिक व्यवस्थाबाट मात्र कर्मचारी नियुक्ति गरिएको हुदा र नेपाल सरकारको “अस्पताल फार्मेसी सेवा निर्देशीका, २०७२ को दफा १०” ले “अस्पतालले फार्मेसी सन्बालनको लागि स्थायी जनशक्तिको व्यवस्था गर्नु पर्ने ” उल्लेख गरिएको हुंदा सोही निर्देशीकाको दफा १० अन्तर्गत रहेर वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै स्थायी जनशक्तिको रुपमा नियुक्ति गराई पाउ।
४. वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ वटा फार्मेसी डिपोमा प्रती १ डिपो लाई ८ घण्टाको सिफ्टको लागि ३ जना कर्मचारीहरु, २४ घण्टाको ३ सिफ्टको लागि १२ जना र २४ घण्टामा ४ वटै फार्मेसी डिपो सन्चालनलाई कम्तिमा ३६ जना फार्मेसी सहायक कर्मचारीहरुको आवस्यकता भएता पनि हामी १८ जना फार्मेसी सहायकहरुले मात्र सम्पूर्ण जिम्मेवारी लिएर कुनै बिदा बिना तोकिएको समय भन्दा बढी काम गर्नु पर्ने र कति पटक कर्मचारी अभावको कारण खाना, खाजा खान र शौचालय जान समेत समस्या भएको हुदा आवश्यक संख्यामा कर्मचारी नियुक्ती गरि पाउ। तस्बिर : स्वर्णिमहाङ लिम्बु
कर्मचारीहरु :
१ स्वस्ती भट्टराई
२ पुक्कल राई
३. दिपिका राई
४ निर्मला कटवाल
५. अनु राई
६. राधा पौडेल
७ मनिता राई
८. कुसुम राना मगर
९ निर्मला राई
१०. विवेक चौधरी
११. सलिम आलम
१२. शर्मिला राई
१३. दिपा राई
१४. शिल्पा राई
१५. किरण राई
१६. शारदा राई
१७ आश्मा श्रेष्ठ
१८ यमुना मगर
Discussion about this post