चरि भए भुरुरु ….पछि बबिनाको धमाका आकाशैमा चील होकि बेसारा….

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

 

काठमाडौँ । ‘आकाशैमा चिल हो कि बेसारा…’ तत्कालीन समयमा तहल्का मच्चाएकै हो । अव त्यो गीतको फिमेल भर्सन सार्वजनिक भएको छ ।जुन गीतलाई फिमेल भर्सनमा गायिका बबिना किराँतीले गाएकि छिन् ।

‘चरी भए भुरुरु जान्थेँ उडेर…’ बोलको गीतबाट चर्चामा आएका बबिनाको यो गीत पुन: चर्चाको शिखरमा छ । आकशैमा बोलको गीत करीब एक दशक अगाडि आएका थिए । सामाजिक संजालमा कम भएको तत्कालीन समयमा पनि यो गीत निक्कै चर्चित बनेका थिए । आकशैमाको गीतको मुल सर्जक भुवन थुलुङ हुन । भुवन थुलुङको शब्द र संगीत रहेको यहि गीत अहिले गायीका बबिनाको फिमेल फर्सनमा आएको छ ।

यस गीतको म्युजिक भिडियो पनि बनेको छ । नयाँ भर्सन तयारीमा रिकेश गुरुङको एरेन्ज रहेको छ । त्यसैगरी राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ र सुरेश राई, किरण सिंह थापाकाे रेकडिङ रहेको जनाएको छ । सम्राट अधिकारी,अनिश मगर, शृष्टि सुब्बा ,रश्मि आले मगर र गायिका बबिना स्वयंको अभिनय रहेको छ । गीतको भिडियो बबिना राई किराँती नामको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

आकाशैमाको गीत सार्वजनिक गरेपछि गायिका बबिनाले भनिन्, ‘महेश थुलुङको स्वरमा रहेको उक्त गीतले सधैं मन छुने कारणले फिमेल भर्सन ल्याएकी हुँ ।´ उनि थप्छन् ‘यो गीतको शब्द, संगीत धेरै स्रोता दर्शकको जिब्रोमा छ । अर्कातर्फ पुराना गीतलाई नयाँ ढंगबाट पस्कँदा नयाँ पुस्ताले पनि मनपराउने भएर गीत सार्वजनिक गरेकी हुँ ।’

पछिल्लो युवापुस्तामा बबिनाको स्वरलाई मन पराउने ठुलो जमात छन । उनको अरु पनि राम्रो राम्रो गीतहरु छन । तर बबिनाले गाएको पहिलो गीत भने गुरु भोटियाको संगीत रहेको निमा पोङ्स्युवाको शब्द रहेको चिसेफायु शिङ्सालिङ … बोलको गीत थिए । जुन गीत आजभन्दा ११ वर्ष अगाडि रेकर्ड गरिएको थियो ।

बबिनाको स्वरमा रहेको पहिलो गीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित