मुकुम्लुङ अतिक्रमण विरुद्ध आज देशका विभिन्न स्थानमा बिरोधको कार्यक्रम,ध्यानाकर्षणको बेवास्ता गर्दै रातारात शसस्त्र परिचालन (भिडियो सहित )

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

 

काठमाडौ । गए राती ताप्लिजोङ जिल्लाको मुकुम्लुङमाथि भएको अतिक्रमण विरुद्ध आज ताप्लिजोङ सहित विभिन्न स्थानमा बिरोधको कार्यक्रम आयोजना गरिएको छ ।

ताप्लिजोङमा हिजो राति शसस्त्र प्रहरीको बेस क्याम्प राखेर वन फडानि गरन खोजेको भन्दै मुकुम्लुङ बचाओ संघर्ष समिति सहित ताप्लिजोङका स्थानीयले राति प्रतिकार गरेका थिए । चन्द्र ढकालले मुकुम्लुङमा केबुलकार बनाउन राज्य सरकार किनेको स्थानीयको आरोप छ । गए राति स्थानियले शसस्त्र बेस क्याम्प राख्ने अनि रातारात वन फडानि गर्न लागेको भन्दै अँध्यारोमा अवरोध गरेका थिए । यसरी अवरोध गर्दा त्यहाँ शसस्त्र प्रहरी जनपद प्रहरी लगायत देखिन्थे ।

मुकुम्लुङमा गए राति राज्यबाट गरिएको अतिक्रमणको बिरोधमा ताप्लिजोङमा ब्यापक बिरोधको कार्यक्रम आह्वान गरिएको छ । त्यसैगरी धरानमा पनि बिरोधको कार्यक्रम आयोजना गरिएको छ । यता राजधानी काठमाडौमा पनि दिउसो ३ बजे राज्यले मुकुम्लुङ अतिक्रम गरेको विरुद्ध बिरोध कार्यक्रम राखिएको कुरा संघर्ष समितिले जनाएको छ ।

रातको समयमा बेसक्याम्प खडा गरि पवित्र मुन्धुमि मुकुम्लुङ मास्न खोजेको भन्दै संघर्ष समिति तथा स्थानीयले प्रतिवाद अवरोध गरेको थियो । रातको समयमा शसस्त्र प्रहरी बेस्क्याम्प राख्नु पनि राज्य सरकारको नियत खराब रहेको देखिन्छ । स्थानीयले यस अघि पटकपटक केबुलकार नबनाउन ध्यानाकर्षणपत्र बिरोध गर्दै आएका छन । तर एउटा ब्यक्तिको ब्यापारीक चाहानामा राज्य लागेर स्थानीयको चाहाना भावना बिपरित राज्य लागिपरेको स्पष्ट देखिन्छ ।

अघिल्ला सरकारसंगै नयाँ सरकार गृहमन्त्री रबि लामिछानेलाई गत फागुन २९ गते संघर्ष समितिले भेट गरि ध्यानाकर्षणपत्र बुझाएका थिए । तर त्यसको भोलिपल्ट राति नै शसस्त्र प्रहरी परिचालन भएको देखिन्छ । यसरी पटकपटक ध्यानाकर्षणपत्र बुझाउदा पनि राज्य सरकारले ध्यान नदिएको स्पष्ट हुनुले पनि राज्यलाई स्थानीयले आरोप लगाएजस्तै बिक्री भएको अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित