दिपेश रोक्का / कानेपोखरी
बिराटनगर , २९ फाल्गुन । मोरङको बिराटनगर महानगरपालिकाको आयोजनामा तथा विभिन्न संस्थाहरुको समन्वयका युवा रोजगारीको अभिवृद्धिको लागि चैत्र २ र ३ गते १० बजेदेखी ५ बजे इको पार्क , ( विरेन्द्र गृहको छेउ ) को परिशरमा ” महानगर रोजगार मेला २०८० ” सञ्चालनमा आउने भएको छ ।
विराटनगर महानगरपालिकाको नारा ” हामी सबैको रहर शिक्षित सफा , सुन्दर , सुरक्षित र सक्षम विराटनगर ” को लक्ष्य बमोजिम स्थानीय रुपमा रोजगारीको खोजिमा रहेका जनशक्तिलाई स्थानीय उघोग / व्यवसाय , बैकिङ्ग ,पर्यटन , होटेल , बैंक , बिमा , विधालय तथा निजि व्यवसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनको लागि सुचनाको पहुच स्थापना , सहजीकरण र समन्वयात्मक भुमिकामा बेरोजगार युवाहरुलाई सहयोग र सुनिस्चित पुर्याउने उदेश्यले विराटनगर रोजगार मेला २०८० आयोजना गरेको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पौडेलले बताउनु भयो । यो महानगरमा पहिलो चोटि आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पौडेल ले बताउनु भयो ।
महानगरका मुख्य कार्यक्रमहरु दक्षता अनुसारको रोजगारीको जोखिममा रहेका युवाहरु प्रत्यक्ष रोजगारदाता संग भेट , युवा जनशक्ति र रोजगारदाताहरुलाई जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने , स्थानीय क्षेत्रमा रहेका क्षेत्र , सुचना तथा अवसरको जानकारी , रोजगारका लागि सीप मुलुक तालिमहरुका अवसर सम्बन्धी जानकारी प्राप्त गर्न सकिने , नि:शुल्क क्यारीयर परामर्श संचालन , CV , JOB application को जानकारी र सीप प्रदान र बनाउन सहजीकरण गर्ने , रोजगारीको वर्तमान अवस्थाको बारेमा पार्श्व चित्र र सफलताको कथा प्रदर्शनी , रोजगार तथा उधमी संगको Talk show सम्बाद कार्यक्रम , वृत्ती विकास सम्बन्धि परामर्श सेवा तथा जानकारी दिइने , रोजगार खोजकर्ता र रोजगारदाताको तथ्यांक संकलन गरि नमुना रोजगार सेवा केन्द्रको मार्फत job matching and job placement गर्न सहजीकरण गर्ने मुख्य कार्यक्रमहरु रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।
अहिले देशमा एकातर्फ अध्ययन पश्चात् स्वदेशमा रोजगारी खोज्नु वा उधोगधन्दा खोल्नु भन्दा दक्ष जनशक्ति पलायन हुने बढिरहेको र अर्कोतर्फ उधोग / व्यसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा आयोजना गर्न लागिएको महानगर रोजगार मेला २०८० बाट रोजगारदाताहरुलाई आवश्यकता अनुसारको जनशक्ति उपलब्धतामा सहजीकरण हुनेछ भन्न्ने रोजगारीकाकै खोजिमा युवाशक्तीलाई विदेशिनु पर्ने बाध्यताको केही हद सम्म भए पनि काम गर्न मदत पुग्ने गरि महानगरपालिकाको विश्वास लिएको महानगर प्रमुख नागेश कोइरालाले बताउनु भयो ।
स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गर्न लागिएको महानगर रोजगार मेलामा विभिन्न उधोग व्यवसायहरुबाट सिपयुत्त जनशक्तिको माग रहेको तथा तसर्थ यस मेलामा करिब ३००० भन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ भने १५० भन्दा बढी रोजगारको अवसरहरुको सुचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसरको अनुमान गरिएको महानगरपालिका प्रमुख कोइरालाले बताउनु भयो ।
विराटनगरमा महानगरपालिकाले आयोजना गर्न लागेको महानगर रोजगार मेलाको उपलब्धि उधोग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे एकै ठाउँबाट जानकारी पाउने छन , बेरोजगार युवाहरुले विभिन्न उधोग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्नेछन , सिपमुलक तालिमहरु तथा रोजगारको अवसरको बारे जानकारी प्राप्त गर्ने सक्ने महानगरका प्रमुख कोइरालाले बताउनु भयो।
महानगर रोजगार मेलामा उधोग – ५ हस्पिटल २ sob matching -५ होटेल -३ toring provider -६ संघ संस्था- ४ रोजगार सुचना केन्द्र १ , माहानगर ३ प्राबिधिक विधालय ३ , अन्य ५ गरि ३८ स्टल बितरण गरिने भएको छ ।
Discussion about this post