चलचित्र महाजात्रा चैत्र ९ मा प्रदर्शन हुँदै

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , २९ फाल्गुन । नेपाली चलचित्र महाजात्रा यहि चैत्र ९ गते प्रदर्शनमा आउने भएको छ । नेपाली चलचित्र महाजात्रा मनोरञ्जनक तथा नेपालको अहिलेको राजनीतिक बारे रहेको कलाकार हरिवंश आचार्यले बताए ।

यहि चैत्र ९ गते देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र महाजात्राको बारेमा आज विराटनगरना पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । चलचित्र महाजात्राको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन । निर्माता यज्ञश्वर पौडेलले पत्रकार सम्मेलनमा मनोरञ्जन तथा देशमा भएको राजनीतिक बारे कथा समेटेको बताउदै चलचित्रले लागेको लगानी उठाउने बताए । चलचित्र महाजात्रा साढे ३ करोडको लगानीमा बनेको चलचित्र हो ।

चलचित्रमा कलाकार हरिवंश आचार्य , विपिन कार्की , रविन्द्र सिंह बानिया , रविन्द्र झाले अभिनय गरेका छन । चलचित्र महाजात्राको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित