पर्ल एकेडेमी स्कुलले मनायो २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी  । मोरङको कानेपोखरी ६ मा रहेको पर्ल एकेडेमी इङलिस स्कुलले विविध कार्यक्रम सहित २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले वार्षिकोत्सवको अवसरमा आइतबार सांस्कृतिक कार्यक्रम , अभिभावक बिच खेलकुद कार्यक्रम गरेको स्कुलको डाइरेक्टर मनकुमारी गुरुङले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै पर्ल एकेडेमी इङलिस स्कुलको प्रधानाध्यापक फडेन्द्र अधिकारीले यस स्कुललाई जिल्लाकै निजि स्कुल मध्ये एक नमुना स्कुल बनाउने काम भैरहेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मोरङ ३ का संघिय संसद डा सुनिल कुमार शर्माले शिक्षा विधेयकमा परिवर्तन गर्न लाग्ने गुणस्तरीय शिक्षा निजि विधालय तथा सार्वजनिक विधालयले कसरी प्रदान गर्दै छ तथा सरकारको तर्फ बाट ब्यत्तिगत तर्फ बाट पनि सहयोग गर्ने उहाले बताउनु भयो । शिक्षा सम्बन्धि उठेका गलत मुदाहरुलाई कसरी समाधान गर्न सकिन्छ केन्द्रमा पेश गर्ने संसद शर्माले बताउनु भयो।
कार्यक्रममा विधार्थीहरुले कविता , नाटक , गित , नृत्य तथा विभिन्न्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विधालयले पुर्व विधार्थी तथा पुर्व शिक्षकहरुलाई सम्मानित गरेको थियो । विधार्थीहरुले विभिन्न्न परिकारका खानाहरु बनाएर फुड प्रदर्शनी समेत रहेको थियो । विधालयले कक्षा११ का विधार्थीहरुलाई स्वागत कार्यक्रम पनि राखेको थियो ।
सो कार्यक्रममा सामाजिक ब्यत्तिव्त्व , प्रहरी , पत्रकार , युवा नेता , समाजसेविहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापति पर्ल एकेडेमी इङलिस स्कुलको डाइरेक्टर मन कुमारी गुरुङ रहनु भएको थियो । कार्यक्रमको सञ्चालन केदार धिमाल गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित