धरान विविध कार्यक्रम गर्दै अन्तरास्ट्रिय महिला श्रमिक दिवस मनायो (भिडियो सहित )

 

धरान । महिलामा लगानि सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराकासाथ ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धरानमा मनाएको छ ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बक्तृत्व प्रतियोगिता र सम्मान कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमला महिला संजालले संयोजन गरेका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए । मेयर साङ्पाङले गत सालको नारी दिवसमा आउन नसकेको भन्दै माफि मागे । कोखा खोलाको पानीको अभियानमा लागेको हुँदा आउन नसकेको स्पष्टीकरण दिए । जस्ले गर्दा अर्कै सन्देश गएको भन्दै यसपटक भने संजालका अध्यक्षलाई सोधिसोधि आएको बताए । आफुले महिलाप्रति उच्च सम्मान राख्ने भन्दै महिलालाई अगाडि बढ्न प्रोत्साहन गर्ने बताए ।
श्रमदान गर्दा प्रायः महिलाहरु नै सहभागी धेर हुने भन्दै सायद पुरुष विदेश गएर पनि हुनसक्ने बताए । उनले धरान उपमहानगरमा पनि मेयर उप मेयर दुईटै पुरुष रहेको बताए । अर्कोपटक चहि मेयर उप मेयर दुबै महिला होस भन्ने कामना गरे । मेयरले महिला कमजोर नभएको भन्दै रोज गार्डन् सम्पन्न गरिदिएको उल्लेख गरे । अव ती महिला दिदिबहिनीलाई मौन क्षेत्र बनाउन लगाएको बताए । केहिदिन अघि एक बालिकाको हत्या भएको भन्दै वर्तमान गृहमन्त्रीलाई सत्यतथ्य छानबिन गर्न मिडिया मार्फत आग्रह गरे ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भएका थिए । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिए ।

महिलाको हक तथा अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित