प्रदेश १ स्तरीय ललितकला प्रदर्शनी इटहरीमा हुने

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

इटहरी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौले प्रदेश १ मा प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी गरिने भएको छ ।

प्रदर्शनी बारे आज इटहरीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्राज्ञ संजय बान्तावा संयोजक रहेको प्रदेश समन्वयन समिति तथा प्रमुखले जानकारी दिए अनुसार इटहरी उपमहानगरपालिकाको वडा नं. ४ स्थित कृति, प्रकृति र संस्कृतिको केन्द्रमा आगामी फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने जानकारी दिए ।

प्रदर्शनीमा ट्याटुलाई समेत मान्यता दिएको छ । ललितकलाअर्गत पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विधासम्बन्धित कलाकृतिहरुलाई समावेश गरिनेछ । प्रतिष्ठानले चिन्हित गरेका ललितकलाका विधाहरुअन्तर्गत चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाका अलावा वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, कार्टून, क्यारिकेचर, पोष्टर र डिजिटल कलासमेत प्रदर्शनीमा समावेश गरिने जनाए ।

प्रदर्शनीको लागि हालसम्म १ सय ४७ जनाले सहाभागिता फारम भरिसकेका जानकारी दिए । जसमा ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना मूर्तिकारका ४१ मूर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, २ वटा फोग्राफी छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र ५ वटा प्रतिस्थापन कला रहेका छन् ।

प्रदर्शनीमा समावेश कलाकृतिहरुलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार एक लाख रुपैया प्रदान गरिनेछ । त्यसैगरी ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कारको पनि व्यावस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित