सत्ताको पछि लाग्दै जसपा आफ्नो मुद्दा ओझेलमा पार्दै – सम्पादकीय

नेपालको संविधान २०७२ लाई असन्तुष्ट मान्दै असोज ३ कालो दिन मान्दै आएका तत्कालीन समाजवादी फोरम हालको जनता समाजवादी पार्टी एक दुई मन्त्रालय खाँदै झण्डा हल्लाउदै आफ्ना मुद्दा पदसंग साट्दै आएको छ ।
तत्कालीन केपि ओलि नेतृत्वको सरकारमा समेत संविधान संशोधनको मुद्दा बोकेर स्वास्थ्य मन्त्री लिएर सरकारमा गएका थिए । यसरी जब सरकारमा जान्छ असोज ३ कालो दिन सेलाउदै गैरहेको छ । मन्त्री हुँदा कालो दिन सेतो हुने मन्त्री गुमेपछि फेरि कालो दिन हुने मनाउने जनता समाजवादी पार्टीको दिनचर्या नै भएको छ । संविधान जारी भएपछिको दुईपटक सम्पन्न आम निर्वाचनपछि जसपालाई सत्तामा जाने म्यान्डेट पाएकै छैन । तर सत्ताको मोह देखाउदै पटकपटक एक दुई थान मन्त्रालय लिदै सत्ताको स्वाद चाखिरहदा आफैले उठाएको मुद्दा भने वर्षेनि ओझेलमा पर्दै गएको छ ।

पछिल्लो निर्वाचन परिणामले पनि जसपालाई सत्तामा जाने म्याण्डेड दिएको छैन । जसपालाई मात्र होइन रबि लामिछाने माधव नेपाल समेतलाई सत्तामा जाने म्याण्डेड पाएको छैन । तर सत्ताका लालचिहरु तछाडमछाड छन । प्रचण्ड नेतृत्वमा काङ्ग्रेस सहितको गठबन्धन सरकारमा वन मन्त्री र शिक्षा मन्त्री लिएर सरकारमा गए । तर भनेजस्तो काम देखिएन । शिक्षा मन्त्री भएका अशोक राई पर्याप्त बजेट नभएको गुनासो गर्दागर्दै मन्त्री पद नै चिप्लिए । तर मन्त्री हुँदा राईले शिक्षा क्षेत्र सुधार गर्न एउटा ऐन ल्याएको छ । त्यो पारित हुँदा केहि सुधार हुने अपेक्षा गरिएको छ ।

यतिबेला देशमा राजतन्त्र हटाएर गणतन्त्र आएको छ तर सामान्य सर्वसाधारणले भने गणतन्त्रको आभास लिन सकेको छैन । किनकि गणतन्त्रको नाममा त्यहि संसदीय व्यावस्थाको कारण देशमा आलोपालो गर्दै सत्तामा पुग्ने सत्ता बाहिर हुँदा बिरोध गर्ने प्रवृत्ति भएको छ । १० वर्ष जनयुद्ध लडेको माओवादी पनि आखिर संसदीय दलदलमा फसेपछि १७ हजारको आत्माले त शान्ति पाएनन जिउदोले पनि राहत महसुस गर्न सकेको छैन ।

जनता समाजवादी पार्टीले विषेशगरि शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पुर्ण समानुपातिक निर्वाचन प्रणाली पहिचान सहितको १०+१ संघीयता समानुपातिक समावेशी जस्ता राम्रा कुरा घोषणापत्रमा राखिएको छ । तर सत्ताको मोहले ती सबै मुद्दा ओझेलमा पर्दै गएको छ । सत्ता बाहिर हुँदा पानी बिनाको माछा जस्तै छट्पटी हुने जसपाले सत्तामा हुँदा राजनीतिक दलका शिर्ष तहमा यी मुद्दामा एक मिनेट पनि समय खर्च गरेको पाईदैन । अरु राजनीतिक दललाई नश्लबादिको संज्ञा दिइरहँदा जसपामा यादब परिवारवाद मौलाएको पत्तो छैन ।

हालको सत्ता समीकरणमा जसपाले पनि समर्थन गरेको छ । तर उस्लाई दुईवटा मन्त्रालय दिने भनिए पनि एउटा भने वन मन्त्रालय पक्कापक्कि छ । यस अघि पनि वन मन्त्रालय पाएका थिए जसपाले । आखिर झण्डा हल्लाउन बाहेक वन मन्त्रीले के के गरे त छैन कुनै फेहरिस्त । बरु घुमाउरो बाटोबाट अलि अलि जेब भने भरिएको हुनसक्छ । तर जनताको लागि काम गरेको देखिदैन ।

जनताले दिएको मताधिकारको दुरुपयोग गर्दै सत्तामा जाने काम पटकपटक गल्ति गर्नुनै जसपाको अस्तित्व समाप्त हुनु हो । प्रचण्ड नेतृत्वको हालको गठबन्धन सरकारमा जसपा नजानु नै उत्तम देखिन्छ । जनताको प्रत्यक्ष काम देखिने मन्त्रालय नै नहुँदा त जानु र नजानुको अर्थ पनि रहदैन । जसपा सत्ता बाहिर बसेर आफ्ना मुद्दा जो देशको भलाईको लागि छ संसदीय व्यावस्था विरुद्धको त्यसको लागि जनमत बटुल्नु नै सबैभन्दा उत्तम देखिन्छ । पटकपटकको सत्ता गिराउने घृणित खेल नै संसदीय व्यावस्था भएकोले स्थाई राजनीतिक माहोल बनाउनको लागि अवको पाटो भएकोले पनि शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्याह्वान सहितको पुर्ण समानुपातिक निर्वाचन प्रणालीको आवाज बुलन्द गर्नु नै आजको आवस्यकता हो । जसपा सत्ताको मोहबाट टाढिएर त्यसतर्फ लाग्नु नै देश र जनताको लागि हित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित