सर्ट मुभि निको नहुने रोग शनिवार देखाउने( भिडियो सहित )

 

धरान । पछिल्लो समयमा सट मुभिको शैलि बढ्दै गएको छ । तेस्तै नेपाली सर्ट मुभि आगामी शनिबार ‘निको नहुने रोग’ प्रदर्शनमा आउने भएको छ ।
मुभि निर्माणले मंगलबार पत्रकार सम्मेलन गर्दै यहि आउदो शनिबार धरान ८ स्थित फ्रेण्डस् सिनेमा हलमा प्रदर्शन गरिने कुरा जानकारी दिएको हो ।

याक्खाले निर्माण गरेको निको नहुने रोग बालमनोबिज्ञानमा आधारित रहेको कुरा निर्माता भुवन याक्खाले जानकारी दिए । घरायसी झै झगडाले केकस्तो असर पर्छ भन्ने कुरा निको नहुने रोगमा रहेको बताए । १६ मिनेटको समय रहेको मुभिको लागत ३ लाख ६० हजार भएको जानकारी दिए ।

शनिबार गरिने च्यारिटि शोबाट संकलित रकमले किड्नि बिरामी गायक नवराम राईको उपचारको लागी नगद ३० हजार सहयोग गर्ने घोषणा गरे । मुभिबाट संकल भए पनि नभए पनि बिरामी गायकलाई ३० हजार उपलब्ध गराउने बताए ।

सर्ट मुभिमा नायिकाको भुमिकामा निर्मला खजुम रहेका छन । बालकलाकारहरू सोनीका याक्खा र योनिसा राईको रहेको छन । फिल्ममा आधुनिक देवानको रचना र स्वरमा निको नहुने रोग वोलको एउटा गीत छ । सर्ट मुभीलाई निर्देशक देउकृष्ण याक्खाले निर्देशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित