नेपाली काङ्ग्रेस सत्ताबाट हात धोयो,प्रचण्डलाई पर्‍यो चिठ्ठा,एमाले र रास्वपा सत्तामा छलाङ

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

काठमाडौ । नेपाली काङ्ग्रेस सत्ताबाट बाहिरीए संगै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सत्तामा जाने भएको छ ।

नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले आठ बुँदे सहमति गर्दै सत्तामा जाने निर्णय गरेको छ । चार राजनीतिक दलले आज सहमतिमा हस्ताक्षर गर्दै वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने सहमति गरेको छ । सरकारको नेतृत्व भने नेकपा माओवादीले नै गर्ने सहमति गरेको छ ।

सहमति गरेसंगै नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड प्रधानमन्त्री सहित चार सदस्यीय मन्त्री मण्डल गठन गरि राष्ट्रपति समक्ष सपथ समेत प्रधानमन्त्री प्रचण्डले लिएको छ । राष्ट्रपतिको कार्यालयले प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमा प्रचण्ड र अन्य तीन मन्त्रीमा हितबहादुर तामाङ,पदम गीरि र डोलप्रसाद अर्याल नामावली सार्वजनिक गरेको छ । तीन मन्त्रीको नाम आए पनि मन्त्रालय भने जिम्मेवारी दिएको छैन । तत्काललाई सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्डमार्फत राखिएको छ ।

चार राजनीतिक दलबीच भएको सहमति

१. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने। सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्डले गर्ने ।

२. रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने।

३. सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।

४. सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुड्याउने ।

५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।

६. सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।

७. यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।

८. हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित