नेपाल शेर्पा संघ बराहक्षेत्रको प्रथम नगर अधिवेशन सम्पन्न

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

बराहक्षेत्र । नेपाल शेर्पा संघ बराहक्षेत्रको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । ग्याल्पो लोसरको शुभ अवसरसंगै संघको प्रथम अधिवेशन पनि सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको अधिवेशनले पेम्बा दावा शेर्पाको अध्यक्षतामा नौ सदस्यीय बराहक्षेत्र नगर समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा फुर्दिकी शेर्पा,सचीव जमुना शेर्पा,कोषाध्यक्ष सोनाम शेर्पा र सदस्यहरु : लछिरी शेर्पा,प्रेम शेर्पा ,माया शेर्पा ,निमा शेर्पा रपदेन सदस्य दोर्ची शेर्पा रहेका छन ।

प्रदेश १ को नामांकन आन्दोलन भैरहेकोबेला पहिचानमा आधारित नाम हुनुपर्छ भन्दै नेपाल शेर्पा संघले प्रदेश १ मुख्यमन्त्री समक्ष बाराम्बार ज्ञापनपत्र बुझाउदै आएको छ । पहिचानको आधारमा प्रदेश १ लिम्बुवान – किरात – शेर्पालुङ हुनुपर्छ भन्ने माग संगसंगै नेपाल शेर्पा संघ पनि नामांकन आन्दोलनमा छन ।

जातिय पहिचानसहित शेर्पालुङको माग र जातिय संस्थालाई राजनीतिक चेत सहित राजनीतिक शक्ति नबनुन्जेल जातिय संस्थाको औचित्य नहुने कुरा नेपाल शेर्पाका केन्द्रिय सदस्य तेन्जिङ शेर्पाले बताए । उनले जसका लागि क्रमिक रुपमा बिस्तारै लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित