कलरवले ‘सिलीदुङ’ कृतिको विमर्श गर्दै

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

कलरवले ‘सिलीदुङ’ कृतिउपर विमर्श गर्दै

धरान । कवि गीलु राताेसकाे कविता संग्रह ‘सिलीदुङ’को  कलरव धरानले विमर्श गर्ने भएको छ ।

शनिबार कवि र वक्ताहरूकाे उपस्थितिमा धरानमा विमर्श हुनेभएको हो । हाेटल पूर्वी स्टारमा बिहान ११ बजे राखिएको विमर्शमा कवि राताेसकाे कृतिमथि अतिथि वक्ताहरूले बाेल्ने आयोजक कलरवका संयाेजक कवि सुदीप पाख्रिनले जानकारी दिए । कृति उपर वरिष्ठ कवि कुन्ता शर्मा र पत्रकार एवम् कवि जनकऋषिले बाेल्नेछन् । विमर्श कवि एवम् साँस्कृतिक अभियन्ता अमित थेवेले सहजीकरण गर्नेछन् । कार्यक्रममा कवि राताेसले समेत आफ्ना कविताहरू वाचन गर्नेछन् । यसअघि कृतिकाे परिचर्चा पूर्वकाे पान्थरकाे फेदेन, इलाम, झापाकाे बिर्तामोड र दमक, पाेखरा, चितवनमा भइसकेको छ ।

गत पुस महिनामा सार्वजनिक भएको रातोसको ‘सिलीदुङ’ कवितासंग्रह थेबा–ला पब्लिकेशनले प्रकाशन गरेको हाे । कवि रातोसको यो पहिलो कृति हो । कृतिमा चार खण्डमा गरी ४४ कविताहरू छन् । किरात राई जातिको उधौली चाड मंसिरे पूर्णिमा आसपासमा नाचिने सांस्कृतिक नामलाई लिएर कृतिको नाम ‘सिलीदुङ’ राखिएको कविले बताए ।

दस वर्षे जनयुद्धमा संलग्न गणेशकुमार राई ‘वसन्त’ले आफूलाई कवि गीलु रातोसका रूपमा परिचित गराउँदै यो कृति बजारमा ल्याएका हुन् । सोलुखुम्बुको माप्यादुधकोसी गाउँपालिका–६ वाकुमा ३४ वर्षअघि जन्मी-हुर्केका कवि रातोस खालिङ राई मातृभाषाका लेखक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित