राजधानी सहित १४ जिल्लामा फागुन १७ कालो दिवस मनाईदै

धरान । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फागुन १७ गतेलाई कालो दिवसको रुपमा मनाउने भएको छ ।
संयुक्त संघर्ष समितिले १७ गते देशको संघीय राजधानि काठमाडौ सहित प्रदेश १ का १४ वटै जिल्लामा बिरोधको कार्यक्रम गर्दै कालो दिवसको रुपमा मनाउने घोषणा गरिएको छ । सोहि क्रममा धरानमा पनि बिहिवार दिउसो १ बजे बिरोधको कार्यक्रम रहेको घटकमा आबद्ध राजनीतिक दलहरुले जनाएको ।

धरानमा छाता चोक नजिक पुरानो अस्पतालमा दिउसो १ बजे भेला भै र्‍याली जुलुस सहित लोकतान्त्रिक चोकमा कोणसभा हुने तयारी भएको छ ।
संयुक्त संघर्ष समितिको आयोजनामा समितिमा आबद्ध रहेका राजनीतिक दल सामुदायिक संस्था लगायतका संघसंस्थाको उपस्थितिमा कालो दिवसको बिरोध सभा हुने भएको छ ।

प्रदेश १ सरकारमा तत्कालीन एमाले नेतृत्वको हिक्मत कार्किको सरकारले छापामार शैलीमा प्रदेश नाम पहिचान विरोधी राखिएको भन्दै निरन्तर संघर्षमा छन । त्यसको ठिक एक वर्ष पुगिएको छ । हिक्मत सरकारले कोशी नाम राखेपछि संघर्षमा उत्रिएका आन्दोलनकारीले हिक्मत कार्कि त्यो सरकारलाई साथ दिने माओवादीका इन्द्र आङ्बो, केपि ओलि सहित ८२ सांसदलाई लखेटिएका छन । धनकुटाको लेगुवामा केपि ओलिले थप्पड समेत खाईसकेका छन । कैयौं घाइते भएका छन । धेरैजनालाई मुद्दा लगाएर दुख दिइरहेका छन । यस बिचमा लाजेहाङको मृत्यु भैसकेको छ ।
हिक्मत कार्कीले सत्ताबाट हात धोएपछि अहिले काङ्ग्रेस नेतृत्वको सरकार छ । उस्ले एक वर्षको दौरानमा वार्ता समिति बनाई दुईपटक वार्ता समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित