काठमाडौ । भजन शिरोमणिको उपाधि पाएका ख्यातिप्राप्त संगीतकार गायक भक्तराज आचार्यले संसारबाट विदा लिएको छ ।
सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा भक्तराज आचार्यको बाटोमै निधन भएको थियो । भक्तराज आचार्य ८२ वर्षीय थिए ।उनि जिभ्रोको क्यान्सर पीडित विगत ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।
मुटु जलिरहेछ….जहाँ छन बुद्ध आँखा….दोधारम बाँचु कति… जति चोट दिन्छौ देउ मायालु… हजार सपनाहरुको….. माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने….जस्ता चर्चित गीतका गायक आचार्यका कर्णप्रीय अनि कालजयी गीत छन । जुन तत्कालीन रेडियो नेपालबाट बार बार बजिरहने गीत हुन ।
बिक्रम सम्बत १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । साथै राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।
Discussion about this post