धरान । सूचीकरणको विषयमा कार्यपालिका बैठकमा विवादमा रहेको श्रमसंस्कृती पार्क धरान उपमहानगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।
श्रमसंस्कृती पार्क परिसरमा प्रतिव्यक्ति प्रवेश शुल्क १० रुपैया लिने गरेपछि आम्दानीको स्रोतको रुपमा परिणत भएको छ । एसएनएस पार्क एसडिबि रोज गार्डन् र आराधरान प्रवेश गर्न दुई स्थानमा टिकट काउण्टर राखिएको छ । एसएनएस पार्क काउण्टरमा रहेका अनु राईका अनुसार गत फागुन १२ गतेदेखि प्रवेश शुल्क लिन शुरु गरिएको जानकारी दिए ।
अनुका अनुसार प्रतिव्यक्ति दश रुपैया लिँदा ज्येष्ठ नागरिक र बालबालिकालाई छुट भएको जानकारी दिए । आइतबार करिब तीन बुङ टिकट बिक्रि भएको बताए । एक बुङ टिकटमा एक सय हुँदा तीन हजार संकलन भएको देखिन्छ ।
त्यसैगरी आराधरान परिसर प्रवेशमा पनि अर्को टिकट काउण्टर रहेको छ । श्रम संस्कृति पार्क मुख्य प्रवेशद्वार रहेको यस काउण्टर भने व्यबस्थित तरिकाको छ । यहाँनेर टिकट काउण्टर नै बनाएको छ । संग्राहलय जस्तै झिँगटिको छाना लगाएर एउटा सानो घर नै बनाएको छ । त्यसैगरी मुल गेटमा ठुलो गाडि छिर्नको लागि भनेर आकर्षक गेट नै बनाएको छ । यस काउण्टरमा अर्का कर्मचारी खटाएको छ । रिमा गुरुङ बस्दै आएको यस काउण्टरमा आइतबार तीन सय पचास बढि टिकट बिक्रि भएको जानकारी दिए । अन्य पार्क भन्दा बढि नै यस आरा धरान क्षेत्रमा हेर्न घुम्न आउनेको संख्या बढि देखिन्छ ।
रोज गार्डनमा रहेका अनुका अनुसार आराधरान छिरेपछि कम मात्रामा रोज गार्डन प्रवेश गरेको बताए । शुरूवातमा छिरेपछि आराधरान जान्छ तर आराधरान छिरेपछि कममात्रामा रोज गार्डन् एसएनएस पार्क छिर्ने गरेको अनुभव बताउछन ।
यस हिसाबले हेर्दा आइतबारको काउण्टर बन्द हुनुअगाडिको तथ्यांकलाई हेर्दा ७ हजार पाँच सय आम्दानी भएको देखिन्छ । औषतमा दैनिक छ हजार संकलन हुँदा पनि मासिक एक लाख ८० हजार धरान उपमहानगरपालिकालाई आम्दानी हुने देखिन्छ ।
श्रमसंस्कृ पार्कमा रहेको एसएनएस पार्क स्वतन्त्र नागरिक समाजको अगुवाईमा बनेको हो ।एस्डिबि रोज गार्डन् स्वतन्त्र दिदिबहिनी समुहको अगुवाईमा बनेको हो । र,एस्डिएस रक गार्डन सचेत धराने समुहको अगुवाईमा बनिरहेको छ ।
हाल एस्डिएस रक गार्डनमा गेट निर्माणकार्य भैरहेको छ । त्यहाँ प्रवेश निशुल्क छ । एस्डिएस रक गार्डनमा गेट बनेपछि भने १० रुपैयामा तीनवटा गार्डन घुम्न पाईनेछ ।
माथि निर्माण भएका सबै पार्कहरु ब्यक्तिगत सहयोग संघसंस्थाबाट दिएको सहयोग अनि देश विदेशमा रहेका दाताको आर्थिक सहयोगमा निर्माण भएको कुरा गार्डन् निर्माण अगुवाहरुले जानकारी दिए ।
Discussion about this post