सुबास नेम्बाङको रिक्त स्थानमा बैशाख १५ गते उप चुनाब

काठमाडौ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट तत्कालीन निर्वाचित स्वर्गीय सुबास नेम्बाङको रिक्त स्थानको लागि आगामी बैशाख १५ गते उपचुनाब हुने भएको छ ।
निर्वाचन आयोगले प्रेस बिज्ञप्ति जारी गर्दै उपचुनाबबारे मिति तोकिएको जनाएको छ ।निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको जनाएको छ।
त्यसैगरी प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सोहि दिन उपचुनाब गरिने पनि बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित