धरान । बाह्रौं धरान १० के रन नेवा च्यारिटी दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका धावक जुलियस मुरिउकी र महिलातर्फ नेपालका धावक सन्तोषी श्रेष्ठले प्रथम स्थान हात पारेका छन ।
शनिबार सम्पन्न भएको दौडमा खुल्ला पुरुषतर्फ विजेता मुरीउकीले निर्धारित दुरी ३२ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । पुरुष दोस्रो धरानका प्रशान्तले ३४ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । र तेस्रो पवन राई भएका थिए । पवनले ३४ मिनेट ११ सकेण्डमा पुरा गरेका थिए ।
खुल्ला महिलातर्फ विजेता सन्तोषी श्रेष्ठले निर्धारित दुरी ३८ मिनेट ८ सेकेण्डमा पुरा गरेका थिए । दोस्रो भएकी छविमाया राईले ४४ मिनेट २ सेकेण्डमा पुरा भएका थिए । तेस्रोमा इन्द्रकला नेम्बाङले ४५ मिनेट २८ सकेण्डमा पुरा गरेका थिए । खुल्ला महिला तथा पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेहरुले ट्रफीसँगै क्रमशः नगद पुरस्कार ६० हजार, ४० हजार र ३० हजार प्राप्त गरे ।
यसपटकको दौडाहामा मेयर हर्क साम्पाङ पुर्व मेयर तीलक राई,उप मेयर आइन्द्र बेघा ,वडा अध्यक्षहरु पनि सहभागी भएका थिए ।
धरान रनलाई समापन गर्दै प्रमुख अतिथि मेयर हर्क साङ्पाङले धरानमा खानेपानी र एयरपोर्टको ठेक्का लागेपछि मात्र राष्ट्रपति र प्रधानमन्त्रीको फोटो आफ्नो कार्यकक्षमा राख्ने प्रतिबद्धता जनाए । उनले जसरी आफु मेयरमा प्रत्यक्ष जनताले चुनियो त्यसरी नै प्रधानमन्त्री वा राष्ट्रपति चुन्ने निर्वाचन प्रणाली बनाउन चुनौती दिए ।
Discussion about this post