धरान । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा दोस्रो धरान एक्स्पो उद्योग, व्यापार मेला फागुन ११ गतेदेखि धरान रंगशालामा हुने भएको छ ।
धरान एक्स्पोको उद्घाटनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा हुने कुरा सुनसरी उद्योग वाणिज्य महासंघ धरानले जानकारी दिए । महासंघले बिहिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महासंघले एक्स्पो बारे यस अघि पनि जानकारी दिएका थिए । बिहिवार भएको पत्रकार सम्मेलन एस्क्पोको अन्तिम तयारी भएको भन्दै जानकारी दिए ।
पत्रकार सम्मेलनमा एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिइ । धरान दोस्रो एक्स्पो फागुन ११ देखी २३ गतेसम्म हुनेछ । एक्स्पोमा जम्मा १५० वटा स्टल बुकिङ भइसकेको जानकारी दिए । धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने उद्देश्यले गरिएको एक्स्पोमा १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उद्योग वाणिज्य संघ, सङ्घीय सरकारका निकाय, प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा धरान एक्स्पो आयोजना हुन लागेको कुरा संघका अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए ।
भोलिदेखि हुन गौरहेको एक्स्पोमा धरानको स्थानिय उत्पादनलाई विषेश प्राथमिकता दिएको अध्यक्षले बताए । जसमा कृषि सामाग्री बेसार, धरान चिनाउने कालो बङ्गुर,आदिवासीको सीपबाट बनेको पेय तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै लाने बताए ।
Discussion about this post