धरान । दशै तिहारमा भव्य रुपमा समावेश हुने नेपालका आदिवासीहरु अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा कम उपस्थितिका बाबजुद विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम लांघाली सामुदायिक भवनमा बुधबार सम्पन्न भएको हो । हरेक वर्षको फेब्रुअरी २१ को दिन मनाईने मातृभाषा दिवस काठमाडौ केन्द्रीकृत रहेका थिए । यसपटक भने धरानमा मनाएको हो । कार्यक्रममा मातृभाषाको कविता गोष्ठी आयोजना गरेर सम्पन्न भएको छ । मातृभाषा दिवस कार्यक्रममा सरोकारवालालाई पत्राचार गरिए पनि औपचारिक रुपमा पुर्व तयारी भएको देखिएन । त्यसको प्रत्यक्ष प्रभाव धरान जस्तो आदिवासीको शहरमा भएको उपस्थिति देख्दा निराशाजनक देखिन्छ ।
किरात राज्य हुनुपर्छ भन्ने संस्थाबाट मात्र ३ जना सहभागी । सुनसरीको १९ जातिय संस्था र धरानको १३ जातिय संस्थाका पदाधिकारी अनुपस्थित । कैयौ जातिय संस्थाको उपस्थिति शुन्य ।
सुनसरी जिल्लाको धरान उपमहानगरमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरी र नगर महासंघ धरानको मातहतमा रहेका जातिय संस्थासंग कुनै पनि पुर्व तयारी भएको देखिएन । पत्राचार भने हरेक संघ संस्था र बिद्यालयलाई गरेको भए पनि मातृभाषा दिवसको महत्त्व भने देखिएन । र्यालिमा धिमाल समाज सहित राई लिम्बु तामाङ गुरुङ याक्खा लगायतको प्रतिनिधित्व भए पनि सघन रुपमा उपस्थिति नहुनुले आयोजकको कमजोरी स्पष्ट देखिन्छ ।
मातृभाषा दिवसको कार्यक्रम भैरहँदा महासंघ सुनसरीमा आवद्ध नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका ५९ मध्ये १९ वटा जातिय संस्था रहेका छन । त्यसैगरी महासंघ धरानमा आदिवासी महिला सहित १३ वटा जातिय संस्था आवद्ध रहेका छन । तर अन्तर्राष्ट्रिय मातृभाषा दिवसको कुरा सामाजिक संजालमा मात्र सिमित राखेर सम्बन्धित जातिय संस्थासंग पुर्व तयारी नहुँदा धरान आदिवासीको शहर हो त भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।
प्रदेश १ कोशी राखेपछि करिब एक वर्ष आन्दोलन भैरहेको अवस्थामा प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्छ भनेर आन्दोलन भैरहेको छ । आन्दोलनमा होमिएका किरात राई यायोक्खाको तर्फबाट अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा मात्र तीन जना उपस्थिति भएको छ । जबकि किरात राई यायोक्खा कोशी नाम विरुद्धसंगै किरात नामाकरणको पक्षमा उभिदै आएको छ । तर अन्तरास्ट्रिय मातृभाषा दिवसमा किरात राई यायोक्खा किन यतिको न्युन उपस्थिति रह्यो भन्ने कुरा आयोजकले समिक्षा गर्न जरुरी छ । आजको अन्तरास्ट्रिय मातृभाषा दिवसमा किरात राई यायोक्खा मात्र होइन प्रदेश १ स्तरीय कार्यक्रम भएकोले अधिकांश जातिय संस्था नै अनुपस्थित थिए । त्यति मात्र होइन जातिय संस्थाका महासंघका पदाधिकारी नै अनुपस्थित थिए ।
यो शुन्यताको अनुपस्थितले नेपाल प्रज्ञा प्रतिष्ठानले सरकारी काम गरिस त भन्दा गरेँ भन्ने खालको अवस्था भएको स्पष्ट देखिन्छ । सम्बन्धित सरोकारसंग पुर्व तयारी जानकारी भएको हो वा होइन तर यस दिनको उपस्थितिले त्यो गरेको देखिदैन । जसको प्रमाण सुनसरीमा आवद्ध १९ जातिय संस्था उपस्थिति नहुनु र धरानमा महासंघ आवद्ध १३ जातिय संस्थाको उपस्थिति नहुनु साथै पुर्व तयारीको औपचारिक बैठक नहुनु नगर्नु नै यसको कमजोरी हो ।
Discussion about this post