पार्क सूचीकरण एजेन्डाको विषयमा छलफल गर्न नमानेपछि कार्यपालिका बैठक स्थगित

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । खानेपानीको एजेन्डा आउनासाथ विवाद उठिरहने धरानको कार्यपालिका बैठक पछिल्लो दुई बैठकमा पार्क सूचीकरणमा विवाद भएको छ ।

अघिल्लो कार्यपालिका बैठकमा विविध आएको भन्दै पार्क सूचीकरण स्थगित भएका थिए । कार्यपालिका सदस्य एजेन्डामा नै ल्याउन भन्दै तत्कालीन बैठक सहमति गरेका थिए । आजको बैठकमा पहिलो नम्बरमा नै पार्क सूचीकरणको एजेन्डा राखिएका थिए । बैठक शुरु हुनासाथ अघिल्लो बैठकको निर्णय समिक्षासंगै एजेन्डा वाचन गरिएका थिए ।

मेयर साङ्पाङले एजेन्डा वाचन गर्नासाथ कार्यपालिका सदस्य दिनेश गजमेरले बोल्न समय माग गरेका थिए । मेयरले छलफल नभै सुझाव मात्र हो भने भन्दै छलफलको लागि एजेन्डा नभएको मेयर साङ्पाङले जिकिर गरे । सदस्य गजमेरले पार्क क्षेत्र ब्यक्तिको नम्बरी जग्गा समेत रहेको हुँदा कसरी लिन सकिन्छ भनेर कुरा उठान गरेका थोए ।पार्क निर्माणका लागि प्रदेश र संघीय सरकारबाट एक करोड ३२ लाख रहेको भन्दै जसको जानकारी कार्यपालिकामा न आएको बताए । हस्तानतरीत भनिएको भन्दै जिम्मा लिइनसकेको गजमेरले जिकिर गरे ।

मेयर हर्क साङ्पाङ पार्कको विषयमा छलफल नै नगरी मात्र मुल एजेन्डामा ल्याउने निर्णय भएको भन्दै पार्कको सूचीकरण अघिल्लो बैठकमा निर्णय भैसकेको भन्दै अघिल्लो बैठकको निर्णय पढेर सुनाए । मेयर साङ्पाङ कुनै हालतमा पार्क सूचीकरणको विषयमा एजेन्डा छलफल हुन नहुने अडान रहेका थिए ।

अघिल्लो बैठकबाट मेयर उपमेयरबिचको बेमेल यस बैठकमा पनि देखियो । त्यसभन्दा अगाडि कार्यपालिका बैठकमा एजेन्डा प्रस्ताव वाचन गर्न मेयरले उप मेयर आइन्द्र बेघालाई लगाउथे । स्टाटसको विषयबाट टकराव भएको मेयर साङ्पाङ र उप मेयर बेघा बिचको मिलन आजको बैठकमा पनि नभएको देखियो ।

पार्क विषयमा नै अड्केर अन्य एजेन्डा प्रस्तावमा छिर्न नसकेको कार्यपालिका बैठकमा उप मेयर आइन्द्र बेघाले सम्बन्धि वडा १३ र २० को वडा अध्यक्ष सहित बसेर मेयरकै संयोजकत्वमा समिति बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए ।

कुनै हालतमा पार्कको एजेन्डामा छलफल हुन नहुने जिकिर गरेपछि छलफलको विषय बनाउने भए थप एजेन्डामा प्रवेश नगर्ने भनेपछि मेयर साङ्पाङ बैठकबाट स्थगित भएको घोषणा गर्दै बाहिरीएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित