धरान उपमहानगर कार्यपालिका बैठक बस्दै,पार्क सूचीकरण मुख्य एजेन्डा, बुद्धिकर्णले विषय प्रवेश पाएन

धरान । धरान उपमहानगरकार्यपालिका बैठक आज (फागुन ८ गते ) बोलाएको छ ।

मंगलबार कार्यपालिका बैठक रहेको कुरा मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकमा समेत सार्वजनिक गरेको छ । फागुन ८ गते दिनको २ बजे कार्यपालिका बैठक बस्ने कुरा सामाजिक संजालमा सार्वजनिक गरिएको छ ।

आज बस्ने बैठकको एजेन्डा के के छन भन्ने कुरा धरान उपमहानगर वडा नम्बर १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले पार्क सूचीकरणको विषय भएको जानकारी दिए । वडा अध्यक्ष भट्टराईले आफु ब्यक्तिगत कामले बाहिर रहेको भन्दै कार्यवाहक वडा सदस्य झरना सुनुवारलाई दिएको पनि जानकारी दिए । भट्टराईले आज आर्थिक सहयोग लगायतका एजेन्डा रहेको जानकारी दिए । वडा अध्यक्षलाई आफ्नो वडा परिसरमा रहेको बुद्धिकर्णको प्रतिमा बनाउने विषयमा एजेन्डा छ कि छैन भन्ने प्रश्नमा त्यो नभएको जानकारी दिए ।

कार्यपालिका बैठकबाट नै दरवार परिसर अभिलेखिकरण गरि पाउ भनेर किरात याक्थुम चुम्लुङ धरानले मेयरलाई ध्यानाकर्षणपत्र मार्फत यस अघि माग गरिसकेको छ । चुम्लुङले कार्यपालिका बैठक मार्फत नै एजेन्डा पास गराई अभिलेखिकरण गर्न र बुद्धिकर्ण रायको प्रतिमा स्थापना गर्ने चुम्लुङको उदेश्य रहेको कुरा चुम्लुङ सुनसरी र धरान समितिले माग गरेको छ । यस विषयमा चुम्लुङ धरान नगर अध्यक्ष तिर्थ मादेनसंग बुझ्दा केहि दिन अगाडि पुनः ध्यानाकर्षण गराएको जानकारी दिए । वडा नम्बर १४ ले सिफारिस गरिदिएको भन्दै मेयर समक्ष अभिलेखिकरणको लागि पुर्‍याएको मादेनले जानकारी दिए । अध्यक्ष मादेनले भने – `चार किरातसंग सल्लाह गर्छु भनेको छ ।´ मेयरले चार किरातसंग सल्लाहपछि त्यसलाई कार्यान्वयनमा लाने भएको बुझिएको हो । चार किरातसंग नै सल्लाह गर्नुपर्ने भए पनि छिटो गरिदिए मेयरकै कार्यकालमा निर्माणकार्य सम्पन्न हुने कुरा अध्यक्ष तिर्थ मादेनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)