धरान १५ वडा समितिको ४३८ जनामा निशुल्क स्वास्थ्य परिक्षण, २८७ जनामा खराबी

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

धरान । धरान उपमहानगरपालिका वडा नम्बर १५ ले निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । गत माघ २९ गतेदेखि संचालन गरेको स्वास्थ्य शिबिरमा

जम्मा ४३८ जनाको स्वास्थ्य परिक्षण भएको कुरा वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए । सबै विरामीको मधुमेह (सुगर diabetes), रक्तचाप ( presur) मृगौला सम्बन्धि पिसाब लगायत परिक्षण गरिएका थिए । ल्याबमा परिक्षण गरिएका मध्ये २८७ जनाको खराबी देखिएको र ५७ जनाको सुगर लेभल बोर्डर लाईनमा रहेको कुरा ल्याब टेक्निसीयनले जानकारी दिए ।

नियमितरूपमा वडाले गरिने स्वास्थ्य शिबिर अनुसार यसपटक पनि राखिएको कुरा कार्यपालिका सदस्य समेत रहेका सिजना नेपालले जानकारी दिए । यस अघि वडाले पाठेघर सम्बन्धि स्वास्थ्य शिबिर राखिएको पनि जानकारी दिए ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका डाक्टर सन्जिप शर्माले विशेषगरी मुटु मृगौला सम्बन्धि जनचेतनामुलक कुराको लागि विगत धेरै वर्षदेखि लागिरहेको जानकारी दिए । मुटु मृगौला सम्बन्धि रोग भुसको आगो जस्तै भित्रभित्रै सल्किने बताए । जब थाहा हुन्छ तेतिबेला अन्तिम अवस्थामा पुगिसकेको हुने बताए । सुगर प्रेसर तथा मृगौलाको रोगबाट बच्न खानपानसंगै दैनिक एक घण्टा हिड्न आवस्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित