धरान । मेयर हर्क साङ्पाङले एकजना कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै धरानमा रहेका नौ राजनीतिक दलले संयुक्त बिज्ञप्ति जारी गरिएको छ ।
फागुन ३ गते संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै मेयर हर्क साङ्पाङले कार्यकक्षमा बोलाएर बन्धक बनाएको र धरान छोड भनेकोप्रति नौ दलको आपत्ति रहेको जनाएको छ । लोकतान्त्रिक मुलुकमा स्वतन्त्र पूर्वक आफ्ना कुरा राख्न पाउने, फरक मत राख्न पाउने, नेतृत्वकर्तालाई खबरदारी गर्ने, प्रश्न सोध्ने तथा स्वतन्त्र पूर्वक निर्वाचन लड्न पाउने कुराको ग्यारेन्टी हुन्छ भनिएको छ । नगर प्रमुख निर्वाचित हुनुभन्दा अगाडी आफुले गरेका हर्कत र नगर प्रमुख भई सके पछि पनि गरेका हर्कत हरु आफै विष्लेशण गर्न अनुरोध गर्दछौ भनिएको छ । यसै सन्दर्भमा विगत दोखने आफू अनुकुल विचार व्यक्त नगर्नेहरु माथि नगर प्रमुखले गर्दै आएको तुच्छ अभिब्यक्ति र व्यवाहारले लोकतन्त्रलाई लज्जित बनाउदै गएको उल्लेख छ। पछिल्लो समयमा समाजिक सञ्जालमा आफ्नो धारणा राखेकै आधारमा पटकपटक गरी धरानका आधा दर्जन भन्दा धेरै जनताहरुलाई आफ्नो कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘घरान छाडेर जा भन्ने उर्दी जारी गर्दै दुव्यवहार गरेको भन्दै नौ दलले गम्भिर आपत्ति जनाएको छ।
धरानका नगर प्रमुख हर्कराज राईले आफू नै सबैथोक भएको भन्दै कर्मचारी प्रति गरेको व्यवहार, अभिब्यक्ति स्वतन्त्रता तथा मानवअधिकार माथि नाङगो हस्तक्षेपले सबैलाई लज्जीत बनाएको दाबि गरेको छ। सदियों देखि जातिय, धार्मिक, सांस्कृतीक एकता कायम गरेर नमुना शहरको रुपमा स्थापित धरानमा नगर प्रमुखले नै जातीय, धार्मिक तथा सास्कृतीक एकतामाथि खलल पुग्ने गरी दिदै आएका अभिब्यक्तिले समेत हामी र हाम्रो समाजलाई विभाजीत गर्न खोजेको नौ राजनीतिक दलले महशुस गरेका जनाएको छ ।
जातिय, धार्मिक तथा संस्कृतीक एकतामाथि खलल पुर्याउने आफु अनुकुल नभएका प्रश्नहरुको जवाफ दिन नसक्ने र प्रश्न गर्नेलाई सार्वजनिक बेइज्जती गर्ने आफ्ना अगुवा पछुवा लगाएर धम्की दिने तथा अश्लिल गाली गर्न लगाउने जस्ता घटनाहरु भईरहेको प्रति पनि नौ राजनीतिक दलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। नगर प्रमुखले गर्दै आएको खेदजनक व्यबहारले सिंगो धरानलाई चिन्तित तुल्याएको बिज्ञप्तिमा उल्लेख छ । जनताको प्रतिनिधिले आफ्नो काम कर्तब्य र अधिकार राम्रोसँग अध्ययन गर्न र संविधानले ग्यारेण्टी गरेका विषयमा धावा नबोल्न समेत नगर प्रमुख हर्क साम्पाङलाई नौ राजनीतिक दलले बिज्ञप्ति मार्फत सचेत गराएको छ ।
Discussion about this post